१७ किलो सुनसहित युवक पक्राउ


१६ कार्तिक २०७४, बिहीबार
gold

काठमाडौं : लमजुङमा अनुमानित १७ किलो सुन सहित एक युवा पक्राउ परेका छन् । मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट ती युवकलाई सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

gold

प्रहरीका अनुसार मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ भन्ने युवकलाई पक्राउ गरिएको हो । उनले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नंं को मोटरसाइकल समेत समातिएको प्रहरीले जानकारी दिए।
मनाङ तर्फबाट मोटरसाइकलमार्फत झर्दै गरेको अवस्थामा युवकलाई प्हरीले पक्राउ गरेको हो ।मोटरसाइकलबाट आउँलै गरेको ती युवा प्रहरीले चेकिङका लागि रोकेपछि भागेका थिए । प्रहरीले ती युवालाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७