‘अफिस स्टाफ’ को सामुहिक बलात्कारपछि हत्या, यसरी बन्यो बलात्कार योजना


२२ असार २०७५, शुक्रबार
rape case

कैलाली, २२ असार । कार्यक्षेत्रमा महिलाहरु असुरक्षित बनिरहेको चर्चा चलिरहेका बेला साथीहरुको सहयोगमा आफ्नै कार्यालयका ‘स्टाफ’ बाट एक महिलाको बलात्कारपछि हत्या भएको छ ।rape case

प्रहरीले ती महिलामाथि जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौरीगंगा नगरपालिका–११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई पक्रेको हो ।

उनीहरुमध्ये गणेश बडुवाल र मनोज बोगटी मुख्य योजनाकार रहेको प्रहरीले बताएको छ । मृतक विक असार ५ गतेदेखि गौरीगंगा नगरपालिकाकी सामाजिक परिचालक थिइन् । हत्या आरोपित बडुवाल र सुरज चौधरीसमेत सोही पदमा कार्यरत थिए ।
गएको असार १२ गतेदेखि हराएकी कैलाली गौरीगंगा नगरपालिका–११ कि २१ वर्षकी माया विक असार १५ गते मृत भेटिएकी थिइन् । उनको शव चपरथली सामुदायिक वनभित्र जबरजस्ती करणीपछि हत्या भएको अवस्थामा भेटिएको कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।

उनको हात पछाडि लगेर सुरुवालले बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार असार १२ गते काम सकेर फर्कने क्रममा जङ्गलको बीचमा पुगेपछि बडुवाल र चौधरीले मायालाई जबरजस्ती तानेर जङ्गलभित्र लगेका थिए ।
त्यहाँ पहिले नै पुगेका बोगटीद्वय र खातीले पालैपालो बलात्कार गरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । मायाको मृत्यु भएपछि लाश त्यही छोडेर भागेका थिए । आफन्तले माया हराएको भन्दै असार १४ गते प्रहरीलाई निबेदन दिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७