कस्तो छ, उरुग्वेका स्टार काभानीकाे स्वास्थ्य ?


२२ असार २०७५, शुक्रबार
Kavani

काठमाडौं (एजेन्सी) २२ असार :   इडिसन काभानी उरुग्वेकाको महत्वपूर्ण खेलाडी हुन् । स्टार स्ट्राइकर काभानीले पोर्चुगलविरुद्ध खेल्दा एक्कासी गोडामा समस्या भएपछि मैदान छोडेका थिए ।

उरुग्वेलाई यहाँसम्म ल्याउनमा अर्का स्टार स्ट्राइकर सुआरेज र उनको सहकार्य नै हो । तर, आजको खेलमा आउने वा नआउने यो अझैं टुंगो छैन । पूर्व विश्व विजेता दुई टोली फ्रान्स र उरुग्वेबीचवीच आज राती ७ बजेर ४५ मिनेटमा क्वाटरफाइनल भिडन्त हुदैछ । फ्रान्सले दुई पल्टको विश्व विजेता अर्जैन्टिनालाई ४–३ गोलले प्रि–क्वाटरफाइनलमा पराजित गर्दै क्वाटरफाइनलमा आएका हो । उरुग्वेले युरो च्याम्पियन पोर्चुगललाई २–१ गोलले पराजित गरेर आएको हो ।

Kavani

प्रि–क्वाटरमा पोर्चुगललाई पराजित गर्न दुवै गोल काभानीले नै गरेका थिए । तर, पोर्चुगलविरूद्ध ७० मिनेटमा काभानी मैदानबाट बाहिरिएका थिए । समस्याको कारण ३१ वर्षका काभानी बुधबार उरुग्वे टिमको अभ्यासमा पनि सामेल हुन सकेनन् । उरुग्वेका सञ्चारमाध्यमहरूले देशका फुटबल समर्थकहरू कभानीको स्वास्थ्या बारेमा चिन्तित रहेको उल्लेख गरेका छन् । एल पाइस पत्रिकाले शुक्रवार फ्रान्सविरूद्ध हुने खेलमा कभानी पहिलो रोजाइको ११ खेलाडी भित्र पर्न नसक्ने उल्लेख गरेको छ । लेखेको छ, ‘उनी दोस्रो रोजाइको खेलाडीका रूपमा मैदानमा छिर्न सक्छन् ।’

एल पाइसले युरुग्वेको फुटबल सङ्घका भूतपूर्व प्रमुख स्वास्थ्य अधिकृत कार्लोस भोइटुरेटलाई उद्धृत गर्दै कभानीको चोटको चर्चा गरेको छ । लेखेको छ, ‘उनको खुट्टा सुन्निएकाले देशलाई नै रहस्यमा पारिदिएको छ ।’
यसैबीच युरुग्वेको एल अर्जर्भाडोर दैनिकले कभानीकी आमालाई उद्धृत गर्दै परिवारले उनको स्वास्थ्यको लागि कामना गरिरहेको र उनले फ्रान्सविरुद्ध खेल्नेमा विश्वःत रहेको बताएकी छन् । मुख्य हतियार इडिन्सन कभानीको इन्ज्युरीले उरुग्वेका प्रशिक्षक टाबारेजलाई चिन्ता लागेको छ । तर पछिल्लो सात खेलमा शतप्रतिशत नतिजा हात पार्दा एक गोलमात्र खाएको उरुग्वेका गोलकिपर फर्नाण्डो मुस्लेरालाई बिट गर्न भने फ्रान्सका अग्रपंक्तिका खेलाडीलाई मुस्कील पर्नेछ ।

लाक्साल्टले खेलको आधा समयमात्र पनि कभानी र स्वारेज सँगै खेल्न पाएको खण्डमा फ्रान्सलाई सहजै पाखा लगाउने बताउँछन् । ‘उनीहरुको फरवार्डहरु उत्कृष्ट भएकाले हामीले डिफेन्समा जोड दिनेछौं ।’ लाक्साल्टले भने, ‘हामीले समूह चरण र पोचुगलविरुद्धको प्रिक्वार्टर फाइनलमा खेलेको जस्तै रक्षात्मक उत्कृष्टता जारी राख्नु पर्छ । एमबाप्पेलाई सकेसम्म कम ‘स्पेस’ दियौं भने अघिल्ला खेलमा जस्तै विपक्षीलाई निकै कठिन हुनेछ ।’

edinson cavani cristiano ronaldo uruguay portugal world cup
पोर्चुगलसँगको खेलमा घाइतेभएपछि बाहिरिदै काभानी

पीएसजीबा खेल्ने काभानीले गएको सिजन पीएसजीबाट खेलेका ४८ खेलमा ४० गोल गरेका थिए । विश्वकप छनोटको दक्षिण अमेरिकी खेलमा पनि उनले १५ खेलमा १० गोल गरेका थिए । एक गोलका लागि अवसर बनाएका थिए । यसपटक विश्वकपका चार खेलमा उनले तीन गोल गरिसकेका छन् । सन् २००८ देखि उरुग्वे राष्ट्रिय टिममा रहेका उनले १ सय ५ खेलमा ४५ गोल गरिसकेका छन् ।
उनी उपस्थित नभएको खण्डमा उरुग्वेको आक्रमणको सम्पूर्ण जिम्मा बार्सिलोनाका स्ट्राइकर लुइस सुआरेजले उठाउनु पर्नेछ। काभानीले गरेको ४५ अन्तर्रा्ष्ट्रिय गोलमा सुआरेजले १२ वटा बल मिलाइदिएका थिए। सुआरेजलाई आज मिडल्सब्रोगका पूर्व स्ट्राइकर टुआनीले साथ दिने सम्भावना बलियो छ। काभानीको स्थानमा स्टुआनीलाई उतार्ने सम्भावना बलियो भएको उरुग्वेका पत्र–पत्रिकाले जानकारी दिएका छन्।

फ्रान्सका मिडफिल्डर ब्लेस माटुइडीले पीएसजीमा सँगै खेल्ने साथी काभानी फ्रान्सविरुद्ध खेल्न नसक्ने अपेक्षामा छन् । तर पनि उरुग्वे टिमलाई कम आँक्ने गल्ति नगर्ने प्रतिक्रिया दिन्छन् । तर दुईवटा पहेँलो कार्डका कारण उरुग्वेविरुद्धको खेल खेल्न नपाउने ब्लेसले भने, ‘मैले लामो समयदेखि कभानीलाई चिनेको हुँ । उनी अन्तिम समयसम्म पनि हार नमान्ने मेहनति खेलाडी हुन् । उनी खेलमा अन्तिमसम्म पनि आफ्नो सम्पूर्ण शक्ति लगाउनेछन् ।’ ‘तर कभानी विनाको उरुग्वे अघिल्लो खेलको जःतो हुनेछैन । तर उनलाई प्रतिःथापन गर्नका लागि वैकल्पिक खेलाडी पनि क्षमतावान छन् ।’ ब्लेसले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७