कांग्रेसको विरोधपछि संसदको दोस्रो वैठक तीन दिनका लागि स्थगित


२२ असार २०७५, शुक्रबार
0 Shares
sam

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसदको दोस्रो वैठक पनि अवरुद्ध पारेको छ । कांग्रेसको अवरोधपछि संसदको दोस्रो वैठक स्थगित भएको छ । कांग्रेसले डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध पारेको हो ।sam

डा. केसीको जीवन रक्षाको माग गर्दै संसद सचिवालयमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै कांग्रेसले शुक्रबार बसेको दोस्रो बैठक पनि अवरुद्ध गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिनिधिसभाको आजै बसेको पहिलो बैठक पनि कांग्रेसकै विरोधका कारण अवरुद्ध भएको थियो । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको शुक्रबारको स्रोे बैठकको कार्वाही शुरु भएको जानकारी गराउन नपाउँदै कांग्रेसका सांसदहरुले उभिएर विरोध गरेका थिए । सभामुख महराले महत्वपूर्ण विषयप्रति सरकारलाई ध्यानाकर्षण भएको र अर्को बैठकमा कार्यसूचीमा राखिने आश्वासन दिए पनि कांग्रेस सांसदहरुले उठेर विरोध गरिरहेपछि बैठक असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको छ ।

सभामुख कृष्णबहादुर महराले समय दिएपछि बोलेका सांसद दिलेन्द्रप्रसाद बडुले जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नभएसम्म बैठक चल्न नसक्ने बताए । डा.र केसीको अनसनतर्फ सिङ्गो देशको ध्यानाकर्षण भए पनि सरकारको ध्यान जान नसकेको उनको टिप्पणी थियो ।

jagdamba.cement
rbbbb

माग सम्बोधन हुने गरी विगतमा सरकारले जारी गरेको अध्यादेश अनुरुपको विधेयक प्रस्तुत गर्न पनि माग गरेका छन् । उनले डा. केसीको जीवन रक्षाको माग गर्दैै दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल नभएसम्म आफूहरु संसद अवरुद्ध गर्न बाध्य हुने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७