रेखा थापाले भनिन्, ‘छवी–शिल्पाको विहे दुई वर्ष पूरानो भईसक्यो’

काठमाडौं, २२ असार । अभिनेत्री रेखा थापाले आफ्नो पूर्व पति तथा निर्माता छविराज ओझाले अभिनेत्री शिल्पा पोखरेलको बिहे दुई वर्ष पूरानो भइसकेको खुलासा गरेकी छन् ।
रेखाले डिभोर्स भए पनि आफ्नो नाम पटक–पटक छविराज ओझासँग जोड्दा ‘इरिटेट’ हुने गरेको बताएकी छन् । उनी लेख्छिन्, ‘कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छविराज ओझासँगको प्रेम, बैबाहिक सम्बन्ध र त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पायो । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिबिधिमा पाठक–दर्शकको चाख हुन्छ । तर, इरिटेट त्यहाँनेर लाग्छ, जब मलाई छविराज ओझासँग
अहिले पनि जोडिन्छ, जबकी डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई वर्ष भइसक्यो ।’
छविराज ओझा र शिल्पा पोखरेलले विवाह गर्न लागेको खबर बारम्बार बाहिर आइरहँदा रेखाको यो खुलासाले सिनेवृतमा तरङ्ग ल्याएको छ । उनले आफूमाथि मिडियाले विभेद गरेको भन्दै दुःखेसो समेत पोेखेकी छन् ।
‘जसले विवाह गरिसकेको उसलाई उसको बैबाहिक जीवनको बारेमा सोध्दा हुन्छ नि ? तर पटक–पटक ममाथि नै किन प्रहार गरिन्छ ?’ रेखाले मिडियालाई प्रश्न छाडेकी छन् । के छविराज र शिल्पाको विवाह भइसकेकै हो त ? अहिलेसम्म यो कुरालाई छवी–शिल्पाले लुकाउँदै आएका छन् । अब रेखाको यो अभित्तव्यक्तिपछि छवी–शिल्पाले के भन्लान् यो भने हेर्न, सुन्न पर्खिनै पर्ला ।