रेखा थापाले भनिन्, ‘छवी–शिल्पाको विहे दुई वर्ष पूरानो भईसक्यो’


२२ असार २०७५, शुक्रबार
rekha14

काठमाडौं, २२ असार । अभिनेत्री रेखा थापाले आफ्नो पूर्व पति तथा निर्माता छविराज ओझाले अभिनेत्री शिल्पा पोखरेलको बिहे दुई वर्ष पूरानो भइसकेको खुलासा गरेकी छन् ।rekha14

रेखाले डिभोर्स भए पनि आफ्नो नाम पटक–पटक छविराज ओझासँग जोड्दा ‘इरिटेट’ हुने गरेको बताएकी छन् । उनी लेख्छिन्, ‘कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छविराज ओझासँगको प्रेम, बैबाहिक सम्बन्ध र त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पायो । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिबिधिमा पाठक–दर्शकको चाख हुन्छ । तर, इरिटेट त्यहाँनेर लाग्छ, जब मलाई छविराज ओझासँग

अहिले पनि जोडिन्छ, जबकी डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई वर्ष भइसक्यो ।’
छविराज ओझा र शिल्पा पोखरेलले विवाह गर्न लागेको खबर बारम्बार बाहिर आइरहँदा रेखाको यो खुलासाले सिनेवृतमा तरङ्ग ल्याएको छ । उनले आफूमाथि मिडियाले विभेद गरेको भन्दै दुःखेसो समेत पोेखेकी छन् ।

‘जसले विवाह गरिसकेको उसलाई उसको बैबाहिक जीवनको बारेमा सोध्दा हुन्छ नि ? तर पटक–पटक ममाथि नै किन प्रहार गरिन्छ ?’ रेखाले मिडियालाई प्रश्न छाडेकी छन् । के छविराज र शिल्पाको विवाह भइसकेकै हो त ? अहिलेसम्म यो कुरालाई छवी–शिल्पाले लुकाउँदै आएका छन् । अब रेखाको यो अभित्तव्यक्तिपछि छवी–शिल्पाले के भन्लान् यो भने हेर्न, सुन्न पर्खिनै पर्ला ।

हेर्नुस् यस्तो लेखिन् रेखा थापालेrekha aa11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७