देशका सबै विद्यालय भवनको प्राविधिक परीक्षण हुने


२२ असार २०७५, शुक्रबार
darbar high

–विष्णु नेपाल
काठमाडौँ, २२ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले भूकम्प प्रभावित जिल्ला बाहेक अन्य जिल्लाका सबै विद्यालय भवनकोे अवस्थामा अध्ययन एवं प्राविधिक परीक्षण गर्ने भएको छ । darbar high

उक्त इकाईले हाल भूकम्प प्रभावित ३१ जिल्लाका सबै विद्यालय भवनको प्राविधिक परीक्षण एवं भूकम्पले क्षति पु¥याएका विद्यालयको भवन निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग जारी राखेको छ ।

विद्यालय व्यवःथापन समिति, गैरसरकारी सःथा, निजी भवन निर्माण व्यवसायी, अन्तर्रा्ष्ट्रिय दातृ निकाय गरी तीन ढाँचामा इकाइले ती ३१ जिल्लाका ६ हजार १८५ विद्यालय भवन पुनःनिर्माण जारी राखेको छ । भूकम्पबाट प्रभावित नभएका जिल्लाका विद्यालयको पनि प्राविधिक परीक्षण गर्न लागिएको इकाईका प्रमुख एवं सहसचिव इमनारायण श्रेष्ठले जानकारी दिए ।

भूकम्पले क्षति पु¥याएका विद्यालयका पुनःनिर्माण प्रगति र योजना विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले विद्यालय भवन पुनःनिर्माणमा स्रोत र साधनको कमी नहुने जानकारी दिए ।

विसं २०७२ को भूकम्पले विशेष गरी ती ३१ जिल्लाका सात हजार ९२३ विद्यालयमा क्षति पुगेको थियो । तीमध्ये ३७० विद्यालय एक अर्कामा गाभिएका, ४५० विद्यालयका जग्गाको कारण तत्काल निर्माणमा सम्भव नदेखिएको इकाईले जनाएको छ । विद्यालय पुनःनिर्माण कार्य्विधि अनुसार सरकारको विद्यालय पुनःनिर्माण कार्यमा एशियाली विकास बैँक, भारत, चीन र जापान सरकारले सहयोग गरिरहेका छन् ।

कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९शिक्षा०का उपनिर्देशक दीलीपकुमार श्रेष्ठले सुरक्षित विद्यालय नीति तयार गरी मन्त्रिपरिषद् कार्यालयमा पेश भएको जानकारी दिँदै नीतिले विद्यालयलाई भौतिक एवं शैक्षिक दुबै दृष्टिले सुरक्षित बनाउन जोड दिएको बताए ।

उपत्यकका विद्यालयको पुनःनिर्माण सुस्त
काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर एवं ललितपुरका विद्यालय पुनःनिर्माण कार्यले खासै गति लिनसकेका छैनन् । उक्त इकाई काठमाडौँ शाखा प्रमुख गणेश ढकालका अनुसार काठमाडाैंका विभिन्न विद्यालयका ९३९ कक्षा कोठा भूकम्पले क्षति पुगेका थिए । तीमध्ये दुई वर्षमा चार, छ र काठ कोठे गरी कूल २८९ कक्षा कोठामात्र निर्माण भए ।

उनले भने, ‘विद्यालय पुनःनिर्माण गर्न पैसा भएर पनि जग्गा प्राप्तिलगायत अन्य समःयाले काम गर्न अप्ठ्यारो भयो ।’अर्कोतर्फ काठमाडाँैका पुराना तथा ऐतिहासिक विद्यालयमध्ये जुद्ध शम्शेरले धर्मशालालाई दान दिएको भवनमा ःथापित भूकम्पले क्षति पु¥याएको विश्व निकेतन उच्च मावि त्रिपुरेश्वरको को २४ कोठे भवन निर्माणको अन्तिम चरणमा रहेको छ । उच्चमाविका प्रअ हेरम्बराम कँडेलका अनुसार हाल सो विद्यालयमा दुई हजार ६०० विद्यार्थी अध्यायन गर्नेमा करीब ३५० विद्यार्थी निजी विद्यालय छाडी सो विद्यालयमा भर्ना भएका थिए ।

दरबारमार्ग स्थित भानु उच्च माविको भवन पुनःनिर्माण गर्न भर्खर नक्सा स्वीकृत भएको छ । सो उच्चमाविका प्रअ हेमचन्द्र महतोले भने, ‘प्रदर्शनी मार्ग्स्थित बाल्मिकी विद्यापिठको चौरमा ट्रष्ट निर्माण गरी कक्षा कोठा तयार भएका छन्, अब त्यहाँबाट कक्षा सञ्चालनको तयारी र पुरानो भवन भत्काउने तयारी भइराखेको छ ।’

उक्त इकाई ललितपुर शाखा प्रमुख भगवान पौडेलले कार्यक्रममा ललितपुरका ६९ विद्यालयका भवन निर्माण भएका, ४३ निर्माणाधीन अवःथामा रहेका जानकारी दिए । अर्कोतर्फ भक्तपुरका १२९ सामुदायिक विद्यालयमध्ये ९७ विद्यालय भूकम्पले क्षति पुगेका थिए । तीमध्ये विश्व सम्पदा सूचीमा सूचिकृत श्रीपद्म उच्चमावि, शारदा उच्चमावि र विद्यार्थी उच्च माविका विद्यालय भवनको पुनःनिर्माण कार्य अगाडि बढ्नसकेको छैन । उक्त इकाई भक्तपुर शाखा प्रमुख देवकुमार बरालले भक्तपुरका विभिन्न नौवटा विद्यालयको पुनःनिर्माण भएको जानकारी दिए ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७