योगमायाको ७८ औँ स्मृति दिवस यसरी मनाइयो (फोटो फिचर)


२२ असार २०७५, शुक्रबार
Nilam Karki
of]udfof :d[lt lbj; sf7df8f}Fdf z’qmaf/ cfof]lht of]udfof ;fdflhs cfGbf]ng ztjflif{sL tyf *& cf}+ :d[lt lbj; ;df/f]xdf lgnd lgxfl/sf sfsL{nfO{ ;Ddfg ub}{ g]kfn sDo’lgi6 kf6L{sf cWoIf Pj+ k”j{ k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ, २२ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेले योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नेका लागि पहल गर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले योगमाया न्यौपाने सामाजिक र सांस्कृतिक जागरणप्रति समर्पित एक अभियन्ता भएको बताउदै योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सक्दो पहल गर्ने वचनबद्धता जनाएका हुन् ।

योगमाया सतवार्षिकी समारोह तथा ७८औँ स्मृति दिवसका सन्दर्भमा राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले योगमाया नेपाली समाज रुपान्तरणमा गरेको योगदानको चर्चा गरे । उनले वर्तमान सरकार सामन्तवाद र निरङ्कुशतन्त्रले गाढेका अवशेषलाई पन्छाएर सामाजिक रुपान्तरणका लागि अघि बढ्ने बताए ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले योगमायाका नाममा आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुपर्ने र उहाँलाई राष्ट्रिय विभूति घोषण गर्नुपर्ने बताए । मुख्यमन्त्री राईले योगमाया क्रान्तिका माध्यमबाट महिला हिंसा, जातीय विभेद र निरङ्कुशताविरुद्ध आवाज बुलन्द आवाज गर्दै गाउँबेंसी ब्यूँझाउने साहसी महिला भएको बताए ।

पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले योगमायाको योगदान न्याय र सत्यका अनुयायीका लागि प्रेरक भएको विचार प्रकट गरिन् ।
सांसद पम्फा भुसालले योगमायाले समाज रुपान्तरणमा गरेको योगदानलाई अहिलेका नारीवादीले भुल्न नहुने बताइन् ।
त्यसैगरी, सांसद डा डिला सङ्ग्रौलाले लोकतन्त्र र सुशासनका लागि योगमाया र उनका अनुयायीले गरेको त्याग र बलिदान अनुकरणीय रहेको बताइन् ।

कार्यक्रम संयोजक नेकपाका नेतृ जयन्ती राईले योगमायाको योगदानको कदर गर्दै राष्ट्रिय विभूती घोषणा गरिनुपर्ने बताइन् । अभिजात्य वर्गीय सोच र मान्यता, पितृसत्तात्मक समाज र सांस्कृतिक विकृति तथा निरङ्कुश जहानियाँ शासनविरुद्ध साहित्यिक धारमार्फत सामाजिक विद्रोहमा उत्रिएकी संघर्षशील नारी हुन् योगमाया ।

योगमायाले जुद्धशम्शेरलाई २६ बुँदे मागपत्र बुझाएर समाज परिवर्तन गर्न आग्रह गरेकी थिइन् । तर, त्यसप्रति केही काम भएको नपाएपछि १९९८ साल असार २२ गते आफ्ना ६७ अनुयायीसँगै भोजपुरको नेपालडाँडास्थित अरुण नदीमा जलसमाधि लिएकी थिइन् ।

कार्यक्रमको फोटो फिचर :-

Parchanda 2
  योगमायाको ८७ औं स्मृति दिवस समारोहको काठमाडौँमा शुक्रबार उदघाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।
CM Parchanda
 मन्तव्य व्यक्त गर्दै प्रचण्ड

 

Nilam Karki
 समारोहमा निलम निहारिका कार्कीलाई सम्मान गर्दै प्रचण्ड

 

 

Sherdhan Rai
  मन्तव्य व्यक्त गर्दै प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई ।
Bhojpur Sherdhan Rai Jayanti rai
  डा दिपेश न्यौपानेलाई सम्मान

Book Lunch

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७