गृहमन्त्री थापाले आइजीपी खनाललाई भने, ‘बयानमुखी होइन, परिणाममुखी काम गर्नुस्’


२२ असार २०७५, शुक्रबार
0 Shares
badal2

काठमाडौं, २२ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अपराध नियन्त्रण गर्न सके मात्र मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएका छन् । badal2

नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम प्रदेश सम्मेलन’ शुभारम्भ गर्दै उनले अपराध नियन्त्रण गर्न सके विकास र समृद्धिको लक्ष्य पूरा हुने बताए । उनले भने, ‘न्याय प्रशासनलाई विश्वासिलो बनाउन वस्तुगत प्रमाणमा आधारित अनुसन्धान आवश्यक छ ।’ निर्दोषलाई उन्मुक्ति दिन नसकेसम्म जनता र राष्ट्रको विश्वास जित्न नसकिने भन्दै गृहमन्त्री थापाले वस्तुगत प्रमाण जुटाएर अनुसन्धान गर्न प्रहरी तथा सरकारी वकिलको ध्यानाकर्षण गराए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

राष्ट्रको अखण्डता र स्वतन्त्रताको रक्षा गरी जनताको अधिकार रक्षा गर्नेतर्फ सबै लाग्नुपर्ने उनको भनाइ थियो । सुरक्षा नीति न्याय प्रणालीसँग जोडिएको विषय भएको र यसलाई समायनुकूल बनाउन सरकार लागेको स्पष्ट पार्दै गृहमन्त्री थापाले भने, ‘सुरक्षा नीतिमा गम्भीर त्रुटी छन, त्यसलाई सच्याएर सरकार अगाडि बढ्न चाहन्छ ।’ पूर्व प्रधान न्यायधीश कल्याण श्रेष्ठले कानूनी राज्य शिथिल भएमा अहिलेसम्मका राजनीतिक उपलब्धि गुम्ने भन्दै विकासलाई संस्थागत गर्न सरकार अगाडि बढ्नुपर्ने बताए । ‘संविधानअनुसार बनेका देवानी र फौजदारी कानून महत्वपूर्ण छ, यसको कार्यान्वयनका लागि सबै लाग्नुपर्छ’, उनले भने ।

मुलुकमा अझै २८ हजार मुद्दा फछ्यौट गर्न बाँकी रहेको भन्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले जोड दिए, ‘न्याय दिने कुरामा राज्यले अलमल गर्न नहुने र यसका लागि आवश्यक स्रोत र साधन राज्यले दिनुपर्छ, कार्यान्वयन गर्ने एकाइले पनि आफ्नो काम समयमै पूरा गर्नुपर्छ ।’ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकास र सुरक्षालाई प्रहरीले सँगसँगै लैजान खोजेको भन्दै सुरक्षाका लागि चाहिने आवश्यक स्रोत र साधनप्रति सरकार गम्भीर हुनुपर्ने बताए । बयानमुखी हैन, प्रमाणमुखी अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो । ‘न्यायलयमाथि खेलाँची र अपराधीसंग साठगाठ गर्ने काम प्रहरीले गर्ने छैन’, महानिरीक्षक खनालले भने ।

jagdamba.cement
rbbbb

दुई दिनसम्म चल्ने सम्मेलनमा आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता (ऐन) को कार्यान्वयन, योजना बमोजिम अपराध अनुसन्धान अभियोजन र नियन्त्रण सम्बन्धी कानूनी व्यवस्था लागू गर्नेलगायतका विषयमा छलफल हुने अपराध अनुसन्धान विभागका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक धीरु बस्नेतले जानकारी दिए । सम्मेलनमा प्रदेश नं ३ का मुद्दा चल्ने कार्यालयमा कार्यरत मुद्दा शाखाका प्रहरी कर्मचारी, सरकारी वकिल तथा चिकित्सकको सहभागिता छ । प्रहरी प्रधान कार्यालयले अरु प्रदेशमा भने यसअघि नै यस्तो सम्मेलन सञ्चालन गरिसकेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७