मुस्ताङ दुर्घटनाका मृत्तक १९ पुग्यो, १५ को सनाखत (मृत्तकको नामसहित)

काठमाडौं, २२ असार । मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार मृतकको संख्या १९ पुगेको हो । मृत्तकमध्ये १५ जनाको शव सनाखत भएको छ । मृतकमा १२ पुरुष र ६ महिला रहेका छन् । दुघर्टनामा १४ जना घाइते छन् । मृत्यु हुनेमध्ये १५ को सनाखत भएको छ ।
घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिएका छन् । घाइतेलाई सदरमुकाम जोमसोमतर्फ लगिँदैछ । उनका अनुसार एउटा हेलिकप्टर जोमसोम पुगेको छ । प्रहरी घटनास्थलतर्फ लागेको छ ।
जोमसोम लोमान्थाङ सडक निर्माणमा खटिएका मजदुरचढेको बा २ क २२१९ नम्बरको टिपर बेनी–जोमसोमको कोरला सडक खण्डअन्तर्गत लो घ्याकर दामोदर कुण्ड–३ स्थित स्याङ्बोचेमा करीब साढे १ बजे सडकबाट तल खसेको हो । प्रहरीका अनुसार टिपरमा ३२ जना सवार थिए । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको हो । टिपर सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।
प्रहरीले सार्वजनिक गरेको मृतकहरुको नामावली :-
१) बालकुमार घर्ती, वर्ष ३०–दाङ
२) सुकमान रोका, वर्ष २८–रोल्पा
३) सुजन घलान (चालक), वर्ष २३–धादिङ
४) जीवन माझी, वर्ष २०–सिन्धुली
५) बिन्ती घर्ती, वर्ष २२–कैलाली
६) महेश रोका, वर्ष १९–रोल्पा
७) कमानसिंह रोका, वर्ष ३५–कपिलवस्तु
८) कविता घम (महिला), वर्ष ३१–दाङ
९) रामकुमार पुन, वर्ष ३२–रोल्पा
१०) सुवेर चौधरी, वर्ष ३५–दाङ
११) बिनिता घर्ती, वर्ष २३–कैलाली
१). शान्ति थापा, वर्ष ४३–दाङ
१३) सोन्तु घर्ती, वर्ष ३२–रोल्पा
१४) कृष्ण क्षेत्री, वर्ष २४–स्याङ्जा
१५) कमल बुढा, वर्ष २५–दाङ