रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी


१६ कार्तिक २०७४, बिहीबार
Ram chandra paudel and gobinda raj joshi

काठमाडौं : नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध कांग्रेस नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा उठेका नेता पौडेल विरुद्ध जोशीले उनले कांग्रेसको चारतारे झण्डामूनि समर्थकहरुको जुलुस सहित उम्मेदवारी दिएका हुन् ।

Ram chandra paudel and gobinda raj joshi

भ्रष्टचार गरेकाे अाराेपमा जेल बसेर आएका जोशीले यसअघिदेखि नै क्षेत्र नम्बर १ मा आफनो विकल्प नभएको बताउँदै आएका थिए । तनहुँमा हाल २ वटा निर्वाचन क्षेत्र कायम भएको छ । पार्टीले स्थानीय कार्यकर्ता र जनताको भावना विपरित रामचन्द्र पौडेललाई टिकट दिएकाले आफू स्वतन्त्र उम्मेदवार बन्न बाध्य भएको जोशीले बताए ।

जोशीको उम्मेदवारी दर्ताअघि सम्पर्क कार्यालयमा उनका समर्थक कांग्रेस कार्यकर्ताहरु जम्मा भएका थिए । जोशीले कांग्रेसको चारतारे झण्डा सहित जुलुस लिएर उम्मेदवारी दर्ता गराएका छन् ।

उनले कांग्रेसको टिकट वितरणमा नातावाद,कृपावाद र ठूलो आर्थिक चलखेल भएको भन्दै आफू जित्नका लागि उम्मेदवार भएको बताए । उनले आफ्नो साथमा कांग्रेसका कार्यकर्ताहरु रहेको बताए । जोशीको समर्थनमा भानु नगरपालिकाका मेयर समेत रहेका कांग्रेस क्षेत्रीय सभापति उदयराज गौली पनि उपस्थित थिए ।

 नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा पौडेल र २ मा केन्द्रीय सदस्य शंकर भण्डारीलाई आधिकारिक रूपमा टिकट दिएको थियो। आफूलाई पार्टीले टिकट नदिए पछि उनले तनहूँ क्षेत्र नम्बर १ का जनताले आफूलाई टिकट दिइसकेको भन्दै उनीहरुकै बलमा चुनाव जित्ने दावी गरेका छन्।

Govinda raj joshi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७