अब म ब्राजिलको पक्षमा छु, ब्राजिलले विश्वकप जित्छ : म्याराडोना

काठमाडौं २२ असार । अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्याराडोनाले यसपटकको विश्वकप ब्राजिलले जित्ने ठोकुवा गरेका छन् । रुसमा जारी विश्वकपमा क्वाटरफाइनल प्रवेश गरेका टोली मध्ये ब्राजिल अब्बल भएको बताउँदै उनले उपाधि ब्राजिलले जित्नेमा ठोकुवा गरेको हो ।
क्वाटरफाइनलमा प्रवेश गरेको टोली सबैको खेल मुल्याङकन गरेको र अरू भन्दा ब्राजिल लयमा रहेको उनले बताए । मस्कोमा सञ्चारमाध्यसँग कुरा गर्दै म्याराडोनाले भने, ‘खेल हेर्दा ब्राजिल नै विश्वकपको हकदार देखिन्छ, उसको लय मिलेको छ, खेल उत्कृष्ट छ ।’
ब्राजिलको पक्षमा आफु रहेको संकेत गर्दै म्याराडोनाले भने,, ‘ब्राजिलको सबै खेल सन्तोषजनक भएको छ । सबै क्षेत्रमा बलियो देखिएको छ । ब्राजिलले विश्वकप फुटबलको उपाधि जित्नेमा आफू ढुक्क भएको बताए ।’