आचारसंहिता विपरीत अघिल्लो सरकारले गरेको निर्णय खारेज गर्नु उचित : माधव नेपाल


२२ असार २०७५, शुक्रबार
MK Nepal
g]tf g]kfn–;Daf]wg g]kfn sDo’lgi6 kf6L{-g]skf_sf jl/i7 g]tf Pj+ k”j{ k|wfgdGqL dfwjs’df/ g]kfn z’qmaf/ lj/f6gu/df cu’jf sfo{stf{ e]nfnfO{ ;Daf]wg ub}{ . tl:a/ M dgf]h bfxfn, lj/f6gu/, /f;;

विराटनगर, २२ असार । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आचारसंहिता विपरीत तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले खारेज गर्नु उचित भएको बताएका छन् । तत्कालीन सरकारले गरेको निर्णय खारेज गर्ने वर्तमान सरकारको निर्णयबाट मुलुकमा प्रणालीको विकास शुरु भएको उनको भनाई छ ।

MK Nepal

 

नेता नेपालले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण रोक्न वर्तमान सरकार कटिबद्ध रहेको चर्चा गर्दै जनताको शिक्षा र स्वास्थ्यको दायित्व सरकारले लिने बताए । क्षणिक आवेशमा नआउन र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नेपाली काँग्रेसलाई आग्रह गर्दै उनले प्रतिपक्षले वर्तमान सरकारलाई कार्य गर्न नदिने गरी गरिएको निर्णयले उल्टै नेपाली काँग्रेसप्रति नै जनताले आरोप लगाउने धारणा व्यक्त गरे । नेता नेपालले मुलुकका गरिबी, बेरोजगारी, अभाव र पछौटेपन जस्ता समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य गरी समृद्ध नेपाल, सुखी नेपाली बनाउनेतर्फ लाग्न पनि काँग्रेसलाई आग्रह गरे ।

जनताको विश्वास जित्न कार्यकर्तालाई सुझाव

यसैगरी नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीका कार्यकर्तालाई जनताको मन र विश्वास जित्नका लागि अग्रसर हुन सुझाव दिए । विराटनगरस्थित पार्टी कार्यालयमा आज पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफ्नो भूमिकालाई कुशलता र क्षमतालाई सदुपयोग गरेर जनताको समस्यालाई समाधान गर्न इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।

नेता नेपालले दुई विशाल पार्टीको एकताबाट सिङ्गो मुलुकका साथै अन्तर्राष्ट्रिय क्षेत्रसमेत तरङ्गित एवं उत्साहित भएको उल्लेख गर्दै मुलुक सञ्चालनको जिम्मेवारीसमेत अहिले पार्टीको काँधमाथि आएकाले कार्यकर्ताको दायित्व अझै बढेको बताए ।

पार्टी एकतापछि साङ्गठनिक संरचनाका काम केन्द्रमा पनि पूर्णरुपमा हुन नपाएको र तीन महिनासम्ममा प्रदेशलगायत जिल्लास्तर संगठनका कार्य पूरा हुने विश्वास व्यक्त गर्दै उनले समृद्ध मुलुक निर्माणका लागि सबै अग्रसर हुनुपर्ने बताए ।

-रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७