उरूग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
काठमाडौं, २२ असार (एजेन्सी) । फ्रान्स रसियामा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत निजेनी नोव्गोरोड रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा उरुग्वेलाई ०–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । सन् १९९८ को विश्वकप विजेता फ्रान्स १२ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो।
फ्रान्सले पहिलो हाफमा उरूग्वे विरूद्ध गोल गर्दे अग्रता लिएको थियो । खेलको ४० मिनेट फ्रान्सका लागि सो गोल राफेल भारानेले गरेका थिए ।
यस्तै फ्रान्सले दोस्रो हाफको ६३ औं मिनेटमा दोश्रो गोल अग्रता दोब्बर बनाए । उसका लागि ग्रिजम्यानले गरे । उनले डिवक्स बाहिरबाट प्रहार गरेको बल उरूग्वेका गोरक्षकको हातबाट डिफेल्क्ट हुँदै पोष्ट भित्र छिरेको थियो । त्यसपछि खेलमा गोल हुन सकेन् ।
जारी क्वाटरफाइनलमा भन्दा अघि १ गाेल मात्र खाएकाे उरुग्वे अन्तिम खेलमा भने २ गाेल खान पुगे । फ्रान्सले अब सेमिफाइनलमा ब्राजिल र बेल्जियमबीचको बिजेतासँग खेल्नेछ ।