एमालेले टिकट नदिएपछि कोमल ओली बनिन् बागी उम्मेदवार


१६ कार्तिक २०७४, बिहीबार
komal oli

काठमाडौं : चर्चित गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट बागी उठ्ने भएकी छिन् ।  हालै मात्र राप्रपा छाडेर एमाले प्रवेश गरेकी उनलाई एमाले र माओवादी नेतृत्वको वाम गठबन्धनले टिकट नदिने भएपछि कोमलले दाङ क्षेत्र नम्बर ३ का लागि स्वतन्त्र उम्मेदवारी दिने बताएकी हुन् ।

komal oli

उनलाई त्यसबेला समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि कार्यान्वयन नभएकाले चुनाव लड्ने निर्णयमा पुगेको ओलीले बताइन् ।

‘म राप्रपाको केन्द्रीय सदस्य थिएँ । एमाले आउँदा कि समानुपातिक नभए प्रत्यक्षमै टिकट दिनु भनेको थियो’, उनले भनिन्, ‘हिजो शंकर पोखरेलले फोन गरेर मैले सकिँन भन्नुभयो । अब स्वतन्त्र उम्मेदवारी दिन्छु ।’

यसअघि उनले समानुपातिक उम्मेदवार बन्न इच्छा देखाइएकी थिइन् । एमालेले क्षेत्र नम्बर ३ का लागि गायिका वलीको नाम चर्चामा ल्याएको थियो । तर, पार्टीले जिल्लाका सचिव हिराचन्द्र केसीलाई टिकट दिने भएपछि गायिका वलीले बागी उम्मेदवारी दिने भएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७