फ्रान्स उपाधि तिर लम्किँदै


२३ असार २०७५, शनिबार
0 Shares
World Cup 2018 quarter final – Uruguay 0 2 France

निज्नी नोभगोरोड, २२ असार (एएफपी) । फ्रान्स सन् २००६ पछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । राफाइनल भारान र एन्टोइन ग्रिजमनको गोलमा फ्रान्सले शुक्रबार क्वाटरफाइनलमा उरुग्वेलाई २–० ले पराजित गर्‍यो । फ्रान्सले सेमिफाइनलमा ब्राजिल र बेल्जियमबीचको विजेतासँग खेल्ने छ ।

World Cup 2018 quarter final – Uruguay 0 2 France
फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनामाथी विजय हात पार्दाको जुन रोमाञ्चक खेल थियो, त्यसको तुलनामा उरुग्वेसँगको खेल निकै फिका थियो। खेल दुई टोलीका गोलरक्षकका कारण याद गरिन्छ। उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले ग्रिजमनको सजिलो प्रहार ग्रिप चिपलाउन पुग्दा फ्रान्सको नाममा दोस्रो गोल चढेको थियो।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यसको विपरित फ्रान्सका कप्तान एवंम गोलरक्षक हुगो लोरिसले असाधरण बचाउ गर्दै उरुग्वेलाई बराबरीमा ल्याउनबाट रोकेका थिए। ग्रिजमनको फ्रिकिमा रियल म्याड्रिडका रक्षक भारानले ग्लान्सिङ हेडरमा गोल गर्दै ४० औं मिनेटमा फ्रान्सलाई अग्रता दिलाए। उरुग्वे घाइते स्ट्राइकर इडिनसन काभानी बिनै खेलिरहेको थियो। पोर्चुगलमाथि अघिल्लो खेलमा विजय हात पार्दा उरुग्वेबाट दुबै गोल गरेका काभानीको नाम बेन्चमा पनि थिएन्।

फ्रान्सको पहिलो गोल लगत्तै उरुग्वे बराबरी गोलका नजिक पुगेको थियो। मार्टिन कासेरेजले गरेको हेड प्रहारलाई फ्रान्सका गोलरक्षक लोरिसले डाइभ हान्दै एक हातले जोगाएका थिए। त्यसैमा रिबान्डमा प्राप्त अवसरमा उरुग्वेका कप्तान डिइगो गोडिनले पोष्ट माथि हान्न पुगे।

jagdamba.cement
rbbbb

दोस्रो हाफमा फ्रान्सले उपहार पायो। ग्रिजमनले पेनाल्टी बक्स बाहिरबाट देब्रे खुट्टाले गरेको प्रहार मुस्लेराको हातैमा आए पनि उनले राम्रोसँग जज गर्न नसक्दा गोल हुन पुगेको थियो। क्वार्टरफाइनलमा भिड्नु अघि दुई टोली प्रतियोगितामा अपराजित रहेका थिए। उरुग्वेले समूह चरणका तीन खेलमा कुनै गोल खर्चेको थिएन्। उरुग्वे २०१० मा पछिल्लो पटक विश्वकपको सेमिफाइनलमा पुगेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७