नेइमारको ब्राजिलमाथि बेल्जियमकाे सनसनीपूर्ण जीत (हेर्नुहोस् रोमाञ्चक २० तस्बिर)

काठमाडौं (एजेन्सी), २२ असार : यस पटकको विश्वकपको मुख्य दाबेदार मानिएको ब्राजिललाई २–१ गोलले पराजित गर्दै बेल्जियम सेमिफाइनलमा पुगेको छ । पाँच पल्टको विश्व च्याम्पियन ब्राजिलमाथि बेल्जियमले सनसनीपूर्ण जीत निकालेको हो ।
यो सँगै बेल्जियम ३२ वर्षपछि विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । कजान रंगशालामा भएको खेलमा ब्राजिलले खेलको १३ औं मिनेटमा आत्मघाती गरे । कर्णर किकबाट आएको बलर्ला बेल्जियमकै भिन्सेन्ट कोम्पनीले छोएर अघि बढेको बललाई ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले क्लियर गर्न खोज्दा आत्मघाती गोलको रुपमा परिणत भयो ।
खेलको ३१ औँ मिनेटमा केभिन डे ब्र्युनेले उत्कृष्ट गोल गरेपछि बेल्जियमले ब्राजिलविरुद्ध २ गोलको अग्रता बनायो । ब्राजिलका लागि ७६ मिनेटमा रेनेटो अगुःटोले गोल फर्काएका थिए । बेल्जियमलाई जित दिलाउन गोलकिपर कोर्टोइसले उत्कृष्ट प्रदर्शन गरे ।