ओली सरकारले चीनबाट रेल आउँछ भनेर जनतालाई भुलभूलैयामा पारे : शेरबहादुर देउवा


२३ असार २०७५, शनिबार
deuba ramechhap

रामेछाप, २३ असार । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारले चीनबाट रेल आउँछ भनेर जनतालाई भुलभूलैयामा पारेको बताएका छन् ।deuba ramechhap

शनिबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले नेपालमा तत्काल रेल आउने सम्भावना नभएको भन्दै रेल ल्याउने विषय ‘सपना’ मात्रै भएका बताएका हुन् ।

उनले भने, ‘चीनबाट रेल ल्याउने कुरा प्रधानमन्त्री ओलीले गरिरहनु भएको छ, यो केबल सपना मात्रै हो, पूरा हुँदैन ।’

उनले दुई छिमेकी देशहरुसँग समदुरीमा रहेर मित्रता कायम गर्नुपर्नेमा ओली नेतृत्वको सरकारले भारतसँग लम्पसार परेको र चीनसँग खासै केही नगरेको बताए ।

देउवाले पत्रकार सम्मेलनमा केपी ओली सरकार चर्को विरोध गरे । उनले आफ्ना सरकारले आफ्नो कार्यकालमा गरिएका निर्णयहरू बदर गरेकोमा आपत्ति जनाउँदै सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाए । उनले ‘सपथका बेला वैधानिक हुने प्रदेश प्रमुख अहिले कसरी अवैधानिक भए ?’ भन्ने प्रश्न गरे ।

सरकारले भदौ १४ देखि फागुन २ सम्मका गरिएका राजनीतिक निर्णयहरू बदर गर्ने निर्णय गरेको छ । प्रदेश प्रमुखहरू हटाउने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७