उम्मेदवारी दर्तापछि माधव नेपालले भने, ‘काठमाडौंका जनताको मायाले डोर्‍याएपछि यहीँ रोजे’


१६ कार्तिक २०७४, बिहीबार
madhav nepal

काठमाडौं : नेकपा (एमाले)को बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौं क्षेत्र न. २ मा उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रौतहट र काठमाडौं क्षेत्र न.२ बाट उठ्दै आएको नेपालले यसपल्ट काठमाडौं रोजेका हुन् । अहिले एक ठाउँबाट मात्र चुनाव लड्ने पाउने व्यवस्था रहेको छ ।

madhav nepal

उम्मेदवारीको दर्ता गरेपछि उनले आफूलाई काठमाडौंका जनताको मायाले डोर्‍याएपछि आफू रौतहटबाट काठमाडौं रोजेको बताएका छन् । ‘रौतहटको माया उतिकै भएपनि काठमाडौं–२ का जनताको मायाले तानेपछि यहाँबाट उम्मेदवारी दर्ता गरे ।’

यस्तै उम्मेदवारी दर्ताका क्रममा नेता नेपालले मनोनयन दर्ता भइसकेकोले अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७