विश्वकपको सेमिफाइनल समिकरण पूरा : यी टाेलीकाे यस्ताे छ सेमिफाइनल यात्रा


२४ असार २०७५, आईतवार
1531015379fifa

काठमाडौं, २४ असार । रसियामा जारी २१ औं विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । क्वाटर फाइनल अन्तर्गत गएराति भएको आजोजक रसिया र क्रोएसियाको खेलसँगै सेफिाइनल समिकरण पुरा भएको हो ।

गएको राति भएको दुई खेलबाट क्रोएसिया र ईङल्याण्ड बिश्वकप फुटबलको सेमिफाईनलमा प्रबेश गरेका छन् । भने यसअघि मंगलबार भएको खेलमा फ्रान्स र बेल्जियम प्रवेश गरिसकेका छन् ।

सेमिफाईनलमा पुगेका चार वटै टोली युरोपियन हुन् । फाईनल प्रवेशका लागि अब फ्रान्सले बेल्जियम र इङ्ल्याण्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।अब फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल खेल मंगलबार हुनेछ । दुई टोलीबीचको खेल सेन्ट पिटर्सवर्ग स्टेडियममा नेपाली समय अनुसार राति ११ः४५ मा सुरू हुनेछ । दोस्रो सेमिफाइनलमा बुधबार राति इङ्ल्याण्ड र क्रोएसियाबी हुनेछ । लुजिनिकी रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ११ :४५ मा सुरू हुनेछ ।1531015379fifa

क्रोएसिया
क्रोएसिया आयोजक रसियालाई हराउँदै २० बर्षपछि सेमिफाईनलमा स्थान बनाएको छ । निधारित र थप गरिएको समयमा २–२ को बराबरीमा सकिएपछि ट्राइब्रेकरमा क्रोएसियाले ४–३ गोलले विजयी भए । रसियाका फ्योडोर स्मोलोभको पहिलो प्रहार क्रोएसियन गोलरक्षकले बिफल पारेका थिए ।

याे पनि पढ्नुहाेस्

२० वर्षपछि क्रोएशिया सेमिफाइनलमा, आयोजक रसिया टाइब्रेकरमा पराजित

क्रोएसिए समूह चरणमा समुहका सबै टोली अर्जे्न्टिना, नाइजेरियालाई र आइसल्याण्डलाई हराउँदै समुह बिजेताको रुपमा प्रवेश गरेको हो । क्वाटरफाइनल प्रवेशका लागि डेनमार्कलाई ट्राइबे्रकरमा हराएको थियो । यो विश्वकपमा क्रोएसियाले अपराजित टोली हो । खेलेको सबै चार खेलमा सतप्रतिशत जित निकालेको छ ।

ईङल्याण्ड
गएराती नै भएको खेलमा स्विडेनलाई २–०ले हराउँदै ईङल्याण्डले अन्तिम चारमा स्थान बनाउन सफल भए । उसको जितमा ह्यारी मागुरे र डेल अलीले गोल गरे । ३० औँ मिनेटमा मागुरेको गोलमार्फत अग्रता बनाएको ईङल्याण्डका लागी अलीले ५९ औँ मिनेटमा अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे । ईङल्याण्डले २८ बर्षपछि बिश्वकपको सेमिफाईनलमा स्थान बनाएको हो ।

इंग्ल्याण्डले अन्तिम १६ मा कोलम्बियालाई टाइब्रेकरमा हराएर क्वाटरफाइनलको यात्रा तय गरको थियो । इंग्ल्याण्डले समुह चरणमा बेल्जियमसँग हारेको थियो भने टुनिसिया र पनामालाई पराजित गरेको थियो । जारी विश्वकपमा इंग्ल्याण्डका कप्तान हयारी केन ६ गोल गर्दे धेरै गोल गर्ने खेलाडीका शीर्ष स्थानमा छन् ।

याे पनि पढ्नुहाेस्

स्वीडेनलाई हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा

 

बेल्जियम
बेल्जियम पाँच पटकसम्म विश्वकपको उपाधि विजेता ब्राजिल पराजित गर्दे सेमिफाइनलको यात्रा तय गरेको हो । शुक्रबार राति भएको खेलमा बेल्जियमले ब्राजिललाई २–१ गोल अन्तरले हराएको थियो । बेल्जियमले आत्माघाती गोलबाट अग्रता लिएको थियो । त्यसपछि बेल्जियमका लागि केभिन डिब्रुइनाले थप गोल गरेका थिए । ब्राजिलका लागि अगष्टोले अन्तिम १५ मिनेट बाँकी छँदा एक गोल गरेका थिए ।

याे पनि पढ्नुहाेस्

बेल्जियमसँग ब्राजिल स्तब्ध

 

बेल्जियम क्वाटरफाइनलमा जापानलाई ट्राई ब्रेकरमा हराउँदै प्रवेश गरेको थियो । भने समुह चरणमा इङ्ल्यान्डलाई हराउँदै बेल्जियम समूह विजेता बनेको थियो । उसले समूह ‘जी’को पानामा र ट्यूनिशियालाई हराएको थियो ।

फ्रान्स
फ्रान्स सन् २००६ पछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । शुक्रबार क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २–० ले पराजित गरेको थियो । उसका लागि भारान र एन्टोइन ग्रिजमनको गोलमा गरेका थिए ।

फ्रान्सले अन्तिम १६ मा अर्जे्न्टिनालाई हराएको थियो । समुह चरण समुह विजेता भनेको फ्रान्सले डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । भने पेरुलाई १–० र अष्ट्रेलियालाई २–१ ले हराएको थियो ।

याे पनि पढ्नुहाेस्

फ्रान्स उपाधि तिर लम्किँदै

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७