जंगबहादुरले भर्खर विहे गरेकी सुन्दर तामाङ युवतीलाई उठाई दरबार लगेर…


२४ असार २०७५, आईतवार
0 Shares
IMG 3138 1 2 11

काठमाडौं, २४ असार । ‘महाराज ! बिन्ती मलाई छाडिदिनुस् ।’ भर्खर विवाह गरेकी एक सुन्दर तामाङ युवतीलाई आफ्ना सुसारे लगाएर तत्कालीन श्री ३ जंगबहादुर राणाले दरबार लगेपछि ती युवती ग्याल्मोले जति पुकार गरे पनि घर फिर्ता हुन पाइनन् । उता गाउँमा उनका श्रीमान् सोनाम ग्याल्मोलाई गुमाउनुको पीडामा छटपटिरहेका थिए ।IMG 3138 1 2 11

उनी दरबारमा गएर आफ्नो जारलाई छिनाल्छु भन्दै घरबाट खुकरी लिएर निस्कन लाग्दा आफन्तले ‘दरबारसँग बलले होइन बुद्धिले लड्नु पर्छ’ भनेर छेकेपछि एक दिन जुक्ति लगाएर दरबारमा भेट्न गए । उनी एक बूढो मानिसको भेषमा ‘जार काट्ने कानून’ बारे बुझ्न श्री ३ महाराजलाई भेट्न पुगे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

शरीर कुप्रो बनाउँदै दुई हात जोडेर ‘सरकार जार काट्न मिल्ने कि नमिल्ने ?’ भनेर सोनामले सोध्दा महाराजबाट हुकुम भयो, ‘यति जाबो सोध्न यहाँसम्म आउनुपर्छ, जा गएर काट् ।’ भनेपछि सोनाम रिसको चुरले ‘तैँ हो मेरो जार’ भन्दै महाराजमाथि जाइलाग्न पुग्छन् । नाटकमा सोनाम र श्री ३ महाराज दुवै घाइते बनेको देखाइएको छ ।

जंगलमा दाउराको भारी मिलाउँदै गर्दा तत्कालीन श्री ३ जंगबहादुर राणाले शिकार खेलेर फर्कँदा युवतीलाई नै ‘आजको शिकार’ भन्दै दरबार लगेका थिए । यो कथा सोनाम र ग्ल्यामोको विवाह भइरहेको जग्गेमा दुलही पक्षले दुलाहा पक्षलाई सुनाएको कथा थियो । जंगबहादुर राणाको मृत्युसम्बन्धी तामाङ समुदायमा प्रचलित किंवदन्तीमा आधारित यो नाटक ‘सोनाम ग्याल्मो’ को शिल्पी थिएटरमा जारी प्रदर्शनमा दर्शकको दैनिक भीड लाग्ने गरेको छ ।

jagdamba.cement

साहित्यकार एवं पत्रकार फूलमान बलको लेखन र सोनाम मोक्तान तामाङको निर्देशनमा सेलो थिएटरको प्रस्तुति रहेको सो नाटकमा तत्कालीन श्री ३ जंगबहादुरले पत्थरघट्टामा शिकार खेल्न जाँदा घाँस दाउरा गरिरहेकी युवतीलाई अपहरण शैलीमा दरबारमा लगी रखौटी बनाएको र ती युवती फर्काउन उनका श्रीमानले गरेको संघर्ष केन्द्र भाग बनेको छ । तामाङ युवती श्रीमती ग्याल्मोले जति बिन्ती गर्दा पनि उनलाई दरबारबाट फिर्ता त के श्री ३ महाराजले बलात्कार गर्न थालेको घटना नाटकमा कारुणिक रुपमा देखाइएको छ । जंगबहादुरले नै जार काट्ने कानून बनाएको त्यस स्थितिमा सोनाम (सोनाम लामा) ले एक दिन दरबारमा पुगेर जार काट्ने कानूनबारे सोध्दै गर्दा सोनामले जंगबहादुरमाथि प्रहार गरेको संघर्षको विन्दुमा नाटकको अन्त्य हुन्छ । जंगबहादुरको मृत्यु जारको खुकुरी प्रहारबाट भएको थियो भन्ने प्रश्न गर्न नाटकले प्रेरित गरेको छ, तर घटना त्यहीँ विश्राम गरिएको छ ।

यही असार ११ गतेदेखि २५ गतेसम्म (मंगलबार बाहेक) साँझ ५ः३० बजे प्रदर्शन हुने नाटक हेर्न मन्त्री, राजनीतिक दलका नेता र वरिष्ठ साहित्यकार पनि पुग्ने क्रम जारी छ । शनिबारको विशेष प्रदर्शनमा पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त नाटकले तामाङ सामाजिक जीवनको यथार्थ चित्र प्रस्तुत गरी जंगबहादुरको मृत्युसम्बन्धी नयाँ किस्सा स्थापित गर्न खोजेको बताए । आजको प्रदर्शनमा दक्षिण कोरियाका लागि पूर्व राजदूत कमानसिंह लामालगायत सहभागी थिए ।

नाटकमा फूलकुमार बम्जन, सुसन लामा, चाँदनी लामा, निकिता बाइबा, निशा पाख्रिन, मात्रिका, मनोज तामाङ, सन्तोष तामाङ, सञ्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ र साजन लामाले अभियन गरेका छन् । यस वर्षको राष्ट्रिय कविता महोत्सवमा प्रथम घोषित कवि बलको यसअघि ‘म्हेन्दोमाया’ नाटक प्रकाशन भयो । प्रदर्शन सकिएपछि ‘सोनाम ग्याल्मो’ पनि प्रकाशन गर्ने लेखकको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७