हङकङस्थित एनआरएन महिला फोरम संयोजकमा अनु


२४ असार २०७५, आईतवार
forum

हङकङ, २४ असार । अनु राईको संयोजकत्वमा २१ सदस्यीय गैरआवासीय नेपाली (एनआरएन) महिला फोरम हङकङ गठन भएको छ ।
फोरमका सदस्यहरुमा विष्णु मुखिया, गीता गुरुङ, सावित्रा इङनाम, नानु गुरुङ, रिन्जी शेर्पा, निता थापा, कुरुण प्रधान, पवित्रा राई, देउकुमारी राई, सरस्वती चाम्लिङ, कल्याणी गुरुङ छन् ।forum

यस्तै अन्य सदस्यहरुमा अन्जु गुरुङ, अनिता राई, ईशु बर्देवा, देवी घिसिङ, सावित्री सुब्बा, विमता लिङदेन, सामिन वनेम, लक्ष्मी थापा र प्रभा राई छन् । फोरमले महिला सशक्तिकरण, नेतृत्व विकास, समृद्धिका मुद्दाहरुलाई सशक्त रुपमा उठाउने संयोजक राईले जानकारी दिएकी छन् ।

गैर आवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङको प्रमुख आतिथ्यमा भएको भेलाले असली लिम्बू, युगमाया राना, सरस्वती घिसिङ, रचना प्रधान, गोमा पुन, निलम थापा, मन्जु थापा र पविता पुमा राईलाई फोरमको सल्लाहकार चयन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत फोरमले नेपालका दुर्गम क्षेत्रमा महिला स्वास्थ्य शिविर, सीपमूलक तालिम र आयमूलक व्यवसाय सञ्चालनमा सहयोग गर्ने योजना रहेको सुनाइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७