देशैभरी उल्लासका साथ मनोनयन दर्ता (फोटो फिचर)


प्रकाशित मिति : November 2, 2017

काठमाडौं : दोस्रो चरणमा हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

बिहान १० बजेदेखि सुरु मनोनयन दर्ता कार्य अपरान्ह ५ बजेसम्म जारी रहने आयोगले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ सदस्य र प्रदेशसभाका लागि २५६ सदस्यका लागि उमेदवारी मनोनयन दर्ता गरिँदैछ । दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री केपी ओली, प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र माधव नेपाल लगायत शीर्ष नेता चुनावी मैदानमा छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्