शिक्षा मन्त्रालयका कस-कसको नियुक्ति खारेज भयो ?


२६ असार २०७५, मंगलवार

काठमाडौं, २६ असार । केपी शर्मा ओली नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता लागू भएदेखि निर्वाचन सम्पन्न भएपछि २०७४ फागुन २ गतेसम्म तत्कालीन शेरबहादुर देउवाको सरकारले गरेका नियुक्ति एकमुष्ट खारेज गरेको छ ।

Education Ministry

बुधबारको मन्त्रिपरिषद बैठकले ती नियुक्ति खारेज गरेपछि शिक्षा मन्त्रालयअन्तर्गत नियुक्ति खारेज हुनेहरुमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, सदस्य सचिव दुर्गा अर्याल, विज्ञहरुको तर्फबाट बोर्ड सदस्यमा नियुक्ति भएका दयामान कर्माचार्य, अमुदा श्रेष्ठ र भुमा पाण्डे छन् ।

बोर्ड अध्यक्ष पौडेलबाहेक अरु सबैको नियुक्ति निर्वाचनपछि भएको हो । सदस्य सचिव दुर्गा अर्याल त झन ओली सरकार गठन हुनु एक साता अघि मात्र नियुक्त भएका हुन् । उनले गोपालमान श्रेष्ठलाई ठूलो रकम घुस दिएर नियुक्त भएको आरोप छ ।

त्यस्तै युनेस्कोका विष्णुबहादुर द्धारेको पनि नियुक्ति खारेज हुने भएको छ । बोर्डको सदस्यमा मनोनीत भएका ५ जनाको नियुक्ति पनि खारेज हुने भएको छ । नियुक्ति बदर भएकामध्ये राष्ट्रिय परीक्षाबोर्डका अध्यक्ष पौडललाई लोकसेवा आयोगका अध्यक्ष संयोजक रहेको सर्च कमिटीले २०७४ साउन १६ मा बोर्डको अध्यक्षमा सिफारिस गरेको थियो । तर नियुक्ति भने उनको पनि निर्वाचन आचारसंहिता लागेपछि मात्र भएकाले उनको पनि खारेज हुने भएको हो ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य चिन्तामणि पोखरेलको नियुक्ति पनि खारेज हुने भएको छ । उनी निर्वाचन भएपछि नियुक्त भएका हुन् । उनीमाथि प्रश्नपत्र र उत्तर समेत पहिले नै लेखेर दिएको आधारमा लिखित पास भएका उपप्राध्यापकहरुको अन्तर्वार्ता लिएर नियुक्ति दिएको आरोप छ । जुन अन्तर्वार्ता नलिन सर्र्वाेच्च अदालतले आदेश दिएको थियो । तर अदालदतको आदेश समेत अवहेलना गर्दै सेवा आयोगले अन्तर्वार्ता लिई प्रश्नपत्र मात्र लेखेकालाई पनि उपप्राध्यापकको नियुक्ति दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७