संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक बस्दै


२६ असार २०७५, मंगलवार
Yogesh Bhattarai 1

काठमाडौं, २६ असार । संघीय संसदको संसदीय सुनुवाइ समितिको पहिलो बैठक आज बस्ने भएको छ । संसदबाट समितीको सदस्यहरुको नाम सोमबार नाम पारित भएसँगै पहिलो बैठक मध्यान्न १२ बजेका लागि बोलाइएको हो । Yogesh Bhattarai 1

सुनाई समितिको पहिलो बैठक संघीय संसदको पहिलो बैठक बसेको चार महिनापछि बस्न लागेको हो । पहिलो बैठकको राजपा सांसद लक्ष्मणलाल कर्णको सभापतित्वमा बस्नेछ । समितिको सभापतिको जिम्मेवारी भने योगेश भट्टराईले सम्हाल्ने चर्चा छ ।

समिति सदस्य योगेश भट्टराईका अनुसार, प्राथमिकताका आधारमा प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजदूतहरुको सुनुवाइ सम्बन्धित पक्षको सिफारिसका आधारमा तय गरिनेछ ।

प्रधानन्यायाधीशका लागि दिपकराज जोशीको नाम सिफारिस भएपनि समिति नबन्दा अघि बढ्न सकेको थिएन । सम्भवतः पहिलो बैठकले आजै उनको सुनुवाइ प्रक्रिया अगाढि बढाउने सांसद भट्टराईले बताए ।

प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ गरी १५ सदस्यीय समितिमा राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र कानुन मन्त्री पदेन सदस्य हुने व्यवस्था छ ।

प्रतिनिधिभाको हिजोको बैठकले नेकपाबाट भट्टराईसहित सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापा, शिवकुमार मण्डल, निरुदेवी पाल र पार्वत गुरुङ, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुषाल, राजपबाट कर्ण र संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठको नाम अनुमोदन गरेको हो । राष्ट्रिय सभाले भने समितिमा जितेन्द्रनारायण देव, सुमन प्याकुरेल र नन्दा चपाईंलाई पठाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७