मोरङ क्षेत्र न. ३ (ख)बाट दिलप्रसाद राईको स्वतन्त्र उम्मेदवारी


१६ कार्तिक २०७४, बिहीबार
db Rai

बेलबारी(मोरङ) : मोरङको बेलबारी–३ का दिलप्रसाद राई (डिपी)ले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले नेकपा(एमाले)का राजकुमार ओझा विरुद्ध मोरङ क्षेत्र न. ३ (ख)बाट उम्मेदवारी दिएका हुन् ।

db Rai

प्रदेशसभाको राईको चर्चा भएपनि अन्तिम समयका ओझाले टिकट पाएका थिए । एमालेंभित्र इमान्दार र स्वच्छ छविका नेताका रुपमा परिचित उनी यसअघि पनि बेलबारी नगरपालिकाको मेयरको उम्मेदवारमा चर्चामा थिए । तर मनोनयनको दिनको ज्ञानेन्द्र स’वेदीलाई पार्टीले उठाएको थियो ।

पहिलो र दोस्रो संबिधानसभा निर्बाचनको उनको चर्चा भएपनि उनलाई उम्मेदवार बनाइएन् । तर उनी उम्मेदवारको प्रबल दाबेदारका रुपमा चर्चामा आए पनि बनेन् ।  उनले आफुलाई बारम्बार वेवास्ता गरिएको बताएका छन् । आफनो यसपल्टको स्वतन्त्र उम्मेदवारी पार्टी र जनताको लागि काम गर्ने मान्छेहरुलाई सँधै वेवास्ता नगरियोस भनेर शिक्षा दिनको लागि समेत भएको बताए ।

उनलाई च’नावमा जिल्ला कमिटिले सिफारिस नगरेपछि एमाले बेलबारी नगरकमिटिको कार्यलयमा युवासंघ र लोकतान्त्रिक जनजाति आदिबासी महासंघले तालाबन्दी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७