२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख दमननाथ ढुङ्गाना


१६ कार्तिक २०७४, बिहीबार
daman natha dungana

काठमाडौं : प्रजातन्त्र पुनः स्थापना भएपछि पहिलो सभामुख दमननाथ ढुङ्गाना पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।  नेपाली काँग्रेसले भक्तपुर क्षेत्र नं २ बाट उनलाई प्रतिनिधिसभाको अगामी निर्वाचनको प्रतिस्पर्धामा उतारेको हो ।

daman natha dungana

विस २०४८ को पहिलो संसदीय निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं २ बाट विजय भएको थियो । यसपछि उनी प्रजातन्त्र स्थापनापछि पहिलो पटक गठन भएको व्यवस्थापिका–संसद्मा नेकाका तर्फबाट सभामुख पदमा सर्वसम्मतरूपमा चयन  भएका थिए ।

उसो त विसं २०४६ मा प्रजातन्त्र स्थापनाका लागि भएका राजनीतिक आन्दोलन, प्रजातन्त्र स्थापनापछिको अन्तरिम सरकार गठन र अन्तरिम संविधान जारी गर्न उनले कानुनी क्षेत्रबाट पु¥याउनुभएको योगदानले तत्कालीन संयुक्त वाममोर्चाका नेतृत्वलाई समेत चकित बनाएको थियो । करिब २३ वर्षको अन्तरालमा पूर्वसभामुख ढुङ्गाना विस २०६२÷६३ मा गणतन्त्र स्थापनापछिको तेस्रो निर्वाचनमा होमिएको हो ।

विस २०५१ को मध्यावधि निर्वाचनमा पराजित भएपछि उहाँ नेकाको मूल राजनीतिभन्दा शान्ति प्रक्रिया टुङ्ग्याउन नागरिक समाजका अगुवामको रूपमा नेतृत्व गर्दै अाएका थिए  ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७