कांग्रेसकाे उपत्यकामा अधिकांश पुरानै नेताकाे उम्मेदवारी


१६ कार्तिक २०७४, बिहीबार
gagan tapa n prakash man

काठमाडाैं :  काठमाडाैं उपत्यकाभित्र संविधानसभाको दोस्रो निर्वाचन विसं २०७० को निर्वाचनमा वियजी भएकालाई नै पार्टीका तर्फबाट उम्मेदवार बनाएको छ । काठमाडाैंमा नेका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई क्षेत्र १ बाट चुनावी प्रतिस्पर्धामा उतारेको छ ।gagan tapa n prakash man

 

यसैगरी नेताहरू गगनकुमार थापा, भीमसेनदास प्रधान, नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, दीपक कुइँकेल र राजनकुमार केसी उठेका छन् । उनीहरू यसअघिको निर्वाचनमा पनि विजयी भएका थिए। नयाँ अनुहारमा काठमाडौँ क्षेत्र नं ५ मा डा प्रकाशशरण महत र क्षेत्र नं ३ मा अम्बिका बस्नेतले टिकट पाए  ।

यसैगरी ललितपुरमा चन्द्र महर्जन र मदनबहादुर अमात्यले प्रत्यक्ष तर्फबाट टिकट प्राप्त गर्नुभएको छ । विसं २०७० को संविधानसभा निर्वाचनमा उनीहरू सोही जिल्लाबाट विजयीभएको थियो ।

यस्तै भक्तपुरमा बाबुराजा जोशी र दमननाथ ढुङ्गाना उठेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७