बेनी–जोमसोम सडक अवरुद्ध


२७ असार २०७५, बुधबार
images cms image 000026435

बेनी, २७ असार । अन्नपूर्ण गाउँपालिका–ं ३ दानाको तितरमा गए राति आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।images cms image 000026435

सडक खण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छ्याउने प्रयास भइरहेको शर्मा गजुरमुखी अयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

अवरुद्ध सडकको माटो र ढुंगा पन्छ्याउन मेसिन प्रयोग गरिएको छ । पहिरो गएको ठाउँ टाढा रहेकाले बस्तीलाई कुनै असर नगर्ने उनले बताए । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् । बेनी–जोमसोम–कोरला सडक निर्माणधिन अवस्थामा छ । सडक विस्तार गर्ने जारी रहेकाले ठाउँठाउँमा पहिरोको सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७