वाणिज्य बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स


२७ असार २०७५, बुधबार
Rastra Bank

काठमाडाैं,२७ असार:  अब वाणिज्य बैंकहरुले समेत सेयर ब्रोकर लाइसेन्स पाउने भएका छन्। राष्ट्र बैंकले आर्थिक वर्ष २०७५-७६ को मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकहरुलाई सेयर कारोबार गर्न बाटो खोलिदिएको हो।Rastra Bank

बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्वन्धमा सुझाव दिन नेप्से, मर्चेन्ट बैंकर, धितोपत्र बोर्डका अधिकारी, लगानीकर्ता प्रतिनिधिको संलग्नतामा एक कार्यदल समेत गठन भएको थियो।

सो कार्यदलले बैंकका सहायक कम्पनीमार्फत सेयर कारोबार गर्न गराउन सकिने सुझाव नेप्से संचालक समितिमा बुझाएको थियो।

कार्यदलले बुझाएको सुझावमा उपत्यकाबाहिर कारोबारका लागि ब्रोकरलाई आरडब्लुएस सेवा विस्तार गर्न दिन सकिने र अन्य थप ब्रोकर कम्पनीलाई पनि लाइसेन्स दिन सकिने सुझाव समेत दिएको थियो। सोही सुझावपश्चात राष्ट्र बैंकले सेयर कारोबारका लागि बाटो खुल्ला गरिदिएको हो।

सेयर दलालहरुले लामो समयदेखि बैंकलाई ब्रोकर लाइसेन्स नदिन दबाब दिँदै आएका थिए। दबाबकै कारण नेपाल स्टक एक्स्चेन्जले बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय गर्न सकेको थिएन्। आगामी वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले धितोपत्र दलालका रुपमा बैंकका सहायक कम्पनीलाई काम गर्न दिने भएको छ । यो व्यवस्था पनि बैंकहरु पनि धितोपत्र कारोबारमा संलग्न हनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७