अर्घाखाँचीका प्रवासीद्धारा एम्बुलेन्स सहयोग


२६ असार २०७५, मंगलवार
ambulence

-हरि कुँवर
अर्घाखाँची, २६ असार । अर्घाखाँची सेवा समाज कतारद्वारा जिल्लालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । अर्घाखाँची सेवा समाज कतारको पुर्ण आर्थिक सहयोगमा श्री सिद्देश्वर आनन्द बृद्ध आश्रम सन्धिखर्क नगरपालिका–२ चुत्रावेसीलाई मंगलबार एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको हो ।ambulence

कार्यक्रम सन्धिखर्क नगरपालिका–१ अन्तर्गत शान्ति बगैँचाको पन्चाङ्ग मन्दिरको सभाहलमा हस्तान्तरण कार्यक्रममा गरिएको थियो ।

अर्घाखाँची जिल्ला स्वास्थ्य प्रमुख डा. जगन्नाथ तिवारीले आश्रमका संरक्षक नारायण प्रसाद खनाल अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठलाई एम्बुलेन्सका कागजात र साँचो हस्तान्तरण गरे। संस्थाका पुर्व सह–कोषअध्यक्ष राजकुमार श्रेष्ठ, सदस्य घनश्याम न्यौपाने, बिष्णु क्षेत्री, पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष हिम ब. लेकाली, पत्रकार सयोगी बि. सी लगायतका व्यक्तिहरुको उपस्थीति रहेको थियो ।

‘प्रवासमा अर्घाखाँची बासीहरु एक हौ , नेपाली समाजका लागि सहयोग गरौ’ भन्ने मूल नाराका साथ सन् २००६ मा यस संस्थाको स्थापना भएको हो । वर्तमान अध्यक्ष ठाकुर कुमार परियार र महासचिव टेकराज थापा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७