मन्त्रालयको कामले सिंहदरवार जाँदै हुनुहुन्छ ? अब सजिलो छैन मन्त्रालय छिर्न


२७ असार २०७५, बुधबार
Singhadarbar CC Camera

काठमाडौं, २७ असार । के तपाई सिंहदरबारका विभिन्न मन्त्रालयको कामका लागि जाँदै हुनुहुन्छ ? यदि यसो हो भने अब तपाईले पहिला जस्तै सहजै प्रवेश पाउनु हुन्छ । अब सिंहदरबार प्रवेशमा कडाइ गरिने भएको छ ।Singhadarbar CC Camera

अब एउटा पासको भरमा सिंहदरबारका सबै मन्त्रालय चहार्न नपाइने भएको छ । किनकी सिंहदरबारमा अब एउटा पास लिएर धेरै वटा मन्त्रालय जान गृहमन्त्री मन्त्रालयले रोक लगाएको छ । गृह मन्त्रालयले उच्च सुरक्षा खतरा र भिडभाड भएको भन्दै चाँडै नै नयाँ नियम सिंहदरबार प्रवेशमा रोक लगाउने तयारी गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा प्रमुख इन्द्रजित राईले देश सञ्चारसँग कुरा गर्दै भने, ‘हामी चाँडै नै सिंहदरबारभित्र एउटा पासले एउटा मात्र मन्त्रालयमा सर्वसाधारण,उच्च ओहदाका कर्मचारी (भीआइपी र भीभीआइपी) लाई प्रवेश गर्ने व्यवस्था मिलाउँदैछौ । जसलाई जुन मन्त्रालयमा काम हुन्छ, त्यही मन्त्रालयमा मात्र जान पाउने छन् ।’ उनले भने, ‘शिक्षा मन्त्रालयको पास लिएर स्वास्थ्य मन्त्रालय जान पाउने छैनन् । गएमा काबाही हुन्छ। यसका लागि हामी तयारीमा जुटिरहेका छौ ।

यसपछि पूरानो पास व्यवस्थालाई हटाउने छौ ।’ हाल सिंहदरबारभित्रका प्रत्येक मन्त्रालयले सर्वसाधारण, भीआइपी र भीभीआइपीको लागि एउटै पासबाट सम्पूर्ण मन्त्रालय प्रवेश दिइरहेका छन् । राईका अनुसार नयाँ सिष्टम अनुसार अब सिंहदरबारको सम्पूर्ण गेटमा पावरफुल सीसीटीभी क्यामेरा राखिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७