अब एकल पुषरुलाई पनि महिला सरह भत्ता


२७ असार २०७५, बुधबार
brida

इलाम, २७ असार । एक महिलालाई राज्यले सामाजिक सुरक्षा भत्ता दिइरहेको छ । तर, एकल भए पनि पुरुषले अहिलेसम्म त्यो सेवा पाएका छैनन् । तर, इलामका एकल पुरुषले भने महिलाले जस्तै सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।brida

इलामको देउमाई नगरपालिकाले एकल महिला सरह एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७५–७६ का लागि नगर सभाले पारित गरेको निर्णय अनुसार देउमाई नगरपालिकाले नगर क्षेत्रमा रहेका एकल पुरुषलाई मासिक रुपमा एक हजार रुपैयाँ दिने भएको हो । नगरसभाको निर्णय अनुसार देउमाई नगरपालिकामा रहेका करीब १२५ जना एकल पुरुषले श्रावण महिनाबाट मासिक रुपमा भत्ता पाउने छन् । नगरसभाले ६ लाख रुपैयाँ एकल पुरुष भत्ता शीर्षकमा विनियोजन गरेको छ । नगरपालिकाले अहिले एकल पुरुषहरुको विवरण संकलन गरिरहेको जनाएको छ । नगर प्रमुख सूर्य पोखरेलले एकल पुरुषको प्रोत्साहनका लागि नयाँ कार्यक्रम ल्याइएको बताएका छन् ।

नगर प्रमुख पोखरेलले भने ‘एकल पुरुषलाई भत्ता दिने कार्यक्रम देशमै पहिलो हो, हामी यसलाई नमुना बनाउने छौ ।’ उनले नयाँ कार्यक्रम भएकाले विनियोजन गरेको बजेट अपुग भए थप गरिने बताए । नगरपालिकाले दिने उक्त सुविधा लिन नगरपालिकाको स्थायी बासिन्दा हुनु पर्नेछ । भत्ता पाउने भए पछि एकल पुरुषहरुले नगरले आप्mनो सम्मान गरेको बताएका छन् । स्थानीय एकल पुरुष टिका खनालले नगरपालिकाले दिईने भत्ताले आफुहरुलाई हौसला बढाएको बताए ।

चालु आर्थिक वर्ष २०७४र७५ मा नगरपालिकाले कोख देखि शोक सम्म शिर्षकमा ल्याएको कार्यक्रम प्रभावकारी बनेको थियो । उक्त कार्यक्रम अन्र्तगत नगरले नगरभित्र बच्चा जन्मदा आमाको स्याहारका लागि ५ हजार र मृत्यु हुँदा काजक्रिया खर्चका लागि ५ हजार दिने निर्णय गरेको थियो । कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा नगरले ५ हजार रुपैयाँका दरले २ सय ८६ जनालाई १४ लाख ३० हजार रुपैयाँ वितरण गरिसकेको छ ।

यो कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि कायम राखिएको नगरपालिकाका प्रमुख प्रशास्सकिय अधिकृत प्रेमप्रसाद दाहालले जानकारी दिए । यस्तै नगरपालिकाले देउमाई नगरपालिकामा बसाई सरी आउनेलाई घर निर्माणका लागि ५ हजार र जस्तापाता दिने भएको छ । कृषि, पर्यटन र शैक्षिक क्षेत्रको विकास र बसाई सराई रोक्नका लागि वितिय सहयोग स्वरुप यस्तो कार्यक्रम शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरले फुसका छाना हटाएर टिनका घर बनाउने कार्यक्रम अन्र्तगत प्रति घर ५ बण्डल जस्ता दिन थालेको ४ नम्बर वडाका वडा अध्यक्ष राजेन्द्र बास्तोलले जानकारी दिए । वडा अध्यक्ष बास्तोलाका अनुसार देउमाई नगरपालिका–४का केन्द्रप्रसाद लिम्बुको घर नगरपालिकाले निर्माण गरिदिएको छ । ४० हजार रुपैयाँको लागतमा अति विपन्न लिम्बुको घर नगरले स्थानीयको श्रमदान समेत गरी निर्माण गरिदिएको हो । चालु आर्थिक वर्षमा शत प्रतिशत काम सम्पन्न गरेको नगरले आगामी आर्थिक वर्षका लागि ५४ करोड ६० लाख ८५ हजार रुपैयाँ बराबको रकम विनियोजन गरेको छ । नगरसभाले ९ वटा वडा कार्यालयलाई ६० लाखका दरले बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा १ करोड ४१ लाख रुपैयाँ आन्तरिक आयस्रोत अनुमान गरेकोमा आर्थिक वर्षको एक साता बाँकी रहँदा १ करोड १४ लाख रुपैयाँ संकलन गरिसकेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७