उपत्यकाका तीनै जिल्लामा दिउँसो टिपर चलाउन नपाइने


२७ असार २०७५, बुधबार
tipar tapaikokhabar

काठमाडौं, २७ असार । दिनहुँजसो ट्रिपरका कारण सर्वसाधरणको ज्यान जाने क्रम बढेपछि गृह मन्त्रालयले दिउँसोको समयमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाएको छ । tipar tapaikokhabar

बुधबार गृहमन्त्रालयले राति आठ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई निर्देशन दिएको छ ।

मंगलबार मात्रै जडीबुटीमा टिपरको ठक्करले झापा घर भई दूधपाटी बस्ने रोयल सुवेदीको मृत्यु भएको थियो । उक्त स्थानमा जेठ ३० गते पनि टिपरको ठक्करबाट स्कुटरम रहेकी अस्मिता राजभण्डारीको मृत्यु भएको थियो । महानगरीय प्रहरी ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०७४–७५ को जेठ महिनामा मात्रै टिपरले १९ जनाको ज्यान लिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७