गेसोले यसरी मनायो २८ औं स्थापना दिवस (फोटो फिचर)


२७ असार २०७५, बुधबार
Gaeso News 84
????????????????????????????????????

काठमाडौं, २७ असार :  :  गोर्खा भूतपूर्व सैनिक संघले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ । गोर्खाहरुको अधिकार प्राप्तीका लागि निरन्तर संघर्षरत गेसोले काठमाडौंमा विशेष कार्यक्रम गरेर आफ्नो स्थपना दिवस मनाइएको हो । आफ्नो २८ औं स्थापना दिवसमा गेसो नेतृत्वले गोर्खाहरुको एकतालाई थप उचाईमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गेसो सभापति कृष्णकुमार राईले गोर्खाहरुबीच भएको एकता कहिल्यै नटुट्ने बताए । गोर्खाहरुको माग र मुद्दाको लागि एकता अनिवार्य भएको बताउदै त्यसलाई अक्षुण राख्ने बताए । यदि कसैले एकता भाड्न खोजे त्यसको प्रतिरोध गर्ने बताए । केही मान्छेहरु एकता भाड्न लागेको तर्फ पनि उनले खबरदारी गरे ।

सभापति राईले गेसोले अहिलेसम्म गरेका आन्दोलन र अभियान बारेमा संक्षिप्त जानकारी दिदै भबिष्यका कदम बारे बताए । उनले गोर्खाहरुको अधिकार प्राप्तीका लागि गेसोले निरन्तर संघर्ष गरेको संस्मरण गर्दै अझैं प्राप्ती बाँकी रहेको बताए । सभापति राईले आन्दोलनको बलमा अहिले त्रिपक्षीय प्राबिधिक समितिले प्रतिवदेन तयार पारेको जानकारी दिए । अब समितिले सिफारिस गरेका मुद्दाहरु सम्बोधनका निम्ती नेपाल सरकारले तत्काल वार्ता समिति गठन गर्नुपर्ने उनको भनाई छ । नेपाल सरकारले वार्ता समिति बनाउनका लागि तत्काल पहल गर्नुपर्ने उनको माग छ । उनले यो केवल गोर्खाहरुको मात्रै समस्या नभएर आम नेपालीहरुको समस्या भयो । उनले सोधे, ‘अब आफ्ना नागरिकको लागि नेपाल सरकार बोल्ने दिन आयो । अब पनि नबोले कहिले बोल्ने हो ?’

यो पनि पढ्नुहोस्
गेसोले मनायो २८ औं स्थापना दिवस, एकतालाई अक्षुण राख्ने सभापतिको प्रतिबद्धता

गेसो सभापतिको प्रश्न, ‘सरकार अहिले नबोले कहिले बोल्ने ?’ {भिडियो}
 गेसो, ह्वो एण्ड को र जोअना लुम्लीको सहकार्यले ऐतिहासिक उपलब्धी : डेबिट हो

 

कार्यक्रमका प्रमुख अतिथि बेलायतस्थित कानुनी परामर्शदाता फर्म ह्वो एण्ड कम्पनीका वरिष्ठ वकिल डेबिट होले गेसोसँग सहकार्य गर्न पाउदा गर्व लागेको बताए । गोर्खाहरुको लागि गेसोले गरेको आन्दोलनको प्रंशसा समेत गरे । कार्यक्रममा लण्डनस्थित कानुनी परामर्शदाता फर्म ह्वो एण्ड कम्पनीका नेपाली विभागका प्रमुख प्रकाश रानाले बेलायतको अध्यागमन नियम, गोर्खाहरुको लागि कानुनी प्रक्रिया बारेमा जानकारी गराए । उनले गोर्खाहरुका सन्तानहरुले सोधेको प्रश्नको उत्तर दिएका थिए ।  गेसो सल्लाहकार महेन्द्रलाल राईले गेसो गोर्खाहरुको लागि निरन्तर आन्दोलन गरीरहेको बताए । कार्यक्रमको स्वागत उपसभापति जीतबहादुर राईले गरेका थिए भने सञ्चालन सचिव बुद्धीराज राईले गरे ।

फोटो फिचर :-

Gaeso Programme news 3

Gaeso Programme news 2

 

Gaeso Programme news 1

Gaeso established day 1

Gaeso established day 2

Gaeso News 101

Gaeso established day 3

Gaeso News 94

Gaeso News 93

Gaeso News 92

Gaeso News 49

Gaeso News 52

Gaeso News 84

Gaeso News 88

 

Gaeso News 4Gaeso News 36

Gaeso News 22 1

Gaeso News 29 1

Gaeso News 47

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७