सोल्टी होटलको विवाह भोजमा गणेश थापाको गुण्डागर्दी

चौधरी ग्रुपको पार्टीमा झगडा


२७ असार २०७५, बुधबार
ram hari

काठमाडौं, २७ असार । भ्रष्टाचारको विरोध गरेर अघिल्लो संसदमा चर्चामा आएका पूर्वसांसद रामहरि खतिवडामाथि विवाहभोजमा सहभागी हुने क्रममा गणेश थापाले दुब्र्यवहार गरेका छन् ।

ram hari
रामहरि खतिवडा र गणेश थापा

विगतको संसदमा लेखासमितिको सदस्यका रुपमा खतिवडाले अखिल नेपाल फुटबल संघ(एन्फा), एनसेलको लाभकर प्रकरण, आयल निगमको जग्गा खरिद जस्ता अरबौंका भ्रष्टाचारको बिरुद्ध जेहाद छाडेका थिए । लेखासमितिले एन्फामा भएको ५९ करोड रुपैयाँ भ्रष्टाचारमा दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो । त्यो रिस एन्फामा २० बर्षभन्दा बढी रजगज गरेका तत्कालीन अध्यक्ष गणेश थापाले अहिले विवाहभोजमा समेत पोख्न थालेका छन् ।

चौधरी ग्रुपका संचालक अरुण चौधरीका सुपुत्र करण चौधरीको मंगलबार सोल्टी होटलमा आयोजित विवाह भोजमा पूर्वसांसद खतिवडा र गणेश थापा पनि बोलाइएका थिए । अर्काको विवाह भोजमा उपस्थित भएका बेला थापाले एक्कासी खतिवडालाई तँ भन्दै अमर्यादित रुपमा प्रस्तुत भए । उनले अखिल नेपाल फुटबल संघ(एन्फा)को भ्रष्टाचारको मुद्दा उठाएर आफूलाई फसाएको भन्दै आमाचकारी गालीगलौज गर्न थाले ।

मदिराले मस्त भएका थापाले खतिवडालाई माफी माग भन्दै तथानाम भन्न थालेपछि खतिवडाले लेखासमितिमा परेको उजुरी र प्राप्त डकुमेन्टले जे बोल्यो त्यही अनुसार गरेको हो किन माफी माग्ने भन्दै प्रतिवाद गरेका थिए । वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मसँग गल्ती भयो भनेर माफी मागिसक्यो, तँ पनि माग भन्दै अराजक रुपमा प्रस्तुत भएका थिए ।

लेखासमितिले मात्र होइन, अन्तर्राष्ट्रिय फुटवल महासंघ (फिफा)ले भ्रष्टाचारकै आरोपमा १० बर्ष निलम्बन गरेको होइन भन्ने कुरा गरे । ‘फिफाको निलम्बन मिलाउँथे, लेखासमितिबाट किन कारबाही गर्ने निर्णय गरेको भन्दै गणेश थापा झम्टिएपछि अन्तिममा बरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले उनलाई समातेर लानुपरेको थियो । बरिष्ठ अधिवक्ता थापाले समातेर लान खोज्दा पनि थापाले गालीको बर्षा गर्न नछाडेपछि खतिवडाले भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न निर्देशन दिएको हो, म डराउँदिनँ भनेर कडा प्रतिवाद गरेका थिए । सार्वजनिक लेखासमितिमा हुँदा खतिवडासँग भ्रष्टाचारी कति डराएका रहेछन् भन्ने कुरा अर्काको विवाह समारोहमा गणेश थापाले देखाएको अभद्र र अशोभनीय क्रियाकलापले पुष्टी गरेको छ । चौधरी ग्रुपको भोजमा सहभागी भएका अतिथिहरुले गणेश थापाले देखाएको ब्यवहारबाट निकै असहज महसुस गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७