रोशीखोला बीचमा फसेका २ जनाको सेनाको हेलिकप्टरबाट उद्धार


२८ असार २०७५, बिहीबार
helicopter sena XDp2SDJzYv

बनेपा, २८ असार । खानेपानीको काम गरिरहँदा रोशीखोला बीचमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरेको छ । जिल्लाको नमोबुद्ध नगरपालिका–६ खाक्सिस्थित खानेपानीको काम गरिरहेका बेला रोशी खोलाको बीचमा फसेका दुई जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । helicopter sena XDp2SDJzYv

काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सी र दाप्चाका लागि लिफ्टिङ खानेपानी आयोजनामा खोलामा इनार खनिरहेका डोजर अपरेटर नमोबुद्ध नगरपालिका–७ दाप्चाका नारायणगोपाल श्रेष्ठ र सहचालक धुलिखेल नगरपालिका–२ का कान्छा तामाङलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दुवैजना खोलामा काम गरिरहेको अवस्थामा एक्कासि खोला बढेर दुवै तर्फबाट बाढी पसेपछि बीचको अग्लो ढुंगामा बसिरहेको अवस्थामा दुवै जनाको उद्धार गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७