ओलीले गरे चीनलाई गैंडा हस्तान्तरण


२८ असार २०७५, बिहीबार
Rhino 20180712075516

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जोडी गैंडा चीनका राजदूत यु होङलाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार नेपालका लागि चीनका राजदूत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाका जोडी हस्तान्तरण गरेका हुन् ।Rhino 20180712075516

चीन सरकारलाई नेपालकोतर्फबाट गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धलाई अझ व्यापक बनाउने बताए । प्रधानमन्त्री ओलीले दुई देशबीचको परम्परागत सम्बन्धलाई गैंडा उपहारले थप मजबुुद बनाएको बताए ।

भृकुटी र अरनिकोबाट शुरु भएको नेपाल–चीन सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको उनले बताएका छन् । उनले भने, ‘भद्र र रुपसी चीनमा आफ्नै घर जस्तो गरी स्वास्थ्य ढंगले हुर्किने छन् , सन्तान वृद्धि गर्नेछन् ।’ वन्यजन्तुको संरक्षणका लागि सरकार संवेदनशील रहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले नेपाल वन्यजन्तु र चराचुरुंगीका लागि विशेष क्षेत्र भएको बताएका छन् । साइवेरियादेखि श्रीलंकासम्मका चरा नेपालमा प्रजननका लागि आउनु एउटा नमुना भएको उनले बताए । दुई वर्षभन्दा कम उमेरका भद्र र रुपसी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७