‘थाई गुफा संग्रहालय, उद्धारबारे फिल्म’


२८ असार २०७५, बिहीबार
102490466 gettyimages 986095734

काठमाडौं, २८ असार । दुई सातासम्म १२ जना बालकहरू र उनीहरूका एक जना फुटबल प्रशिक्षक फसेको उत्तरी थाईल्याण्डको ताम लुङ्ग गुफालाई अब संग्रहालयमा परिणत गरिने अधिकारीहरूले बताएका छन् ।102490466 gettyimages 986095734

अधिकारीहरूका अनुसार त्यहाँ कसरी उद्धार कार्य सम्पन्न गरियो भनेर देखाइने छ । कम्तीमा दुई कम्पनीले त्यसको कथा फिल्ममार्फत् समेत देखाउने प्रयास गरेका छन् । उद्धार गरिएका बालक तथा उनीहरूका प्रशिक्षक अहिले अस्पतालमा उच्च मनोबलका साथ स्वास्थ्यलाभ गरिरहेका छन् र उनीहरूको स्वास्थ्य जाँच एक सातासम्म चल्ने छ ।

अवसर

थाई जल सेनाले उद्धारको नाटकीय भिडिओ सार्वजनिक गरेको छ । त्यसमा जोखिम मोलेर उद्धारकर्ताहरूले कसरी त्यो काम सफल पारे भन्ने देखाइएको छ । ताम लुङ्ग थाईल्याण्डको एउटा विशाल गुफा संयन्त्र भइकन पनि त्यस क्षेत्र निकै अविकसित भएका कारण पर्यटकहरू खासै जाँदैनन । ‘’यस क्षेत्र अब जीवित संग्रहालयको रूपमा रहनेछ’,’ पूर्व गभर्नर एवं उद्धारकार्य प्रमुख नारोङ्साको सोटानोकर्नले पत्रकार सम्मेलनमा भने, ‘’एउटा अन्तरक्रियात्मक तथ्यांक भण्डार खडा गरिने छ । यो अब थाईल्याण्डको अर्को महत्वपूर्ण आकर्षणको रूपमा रहने छ ।’ यद्यपि प्रधानमन्त्री प्रायुथ जनोचाले गुफाभित्र र बाहिर पर्यटकहरूलाई सुरक्षित राख्ने सावधानीका उपायहरू अपनाइनुपर्नेमा जोड दिएका छन ।102430214 bc46276d da4e 4a50 a2b9 19ff633f3a01

हलिवूड फिल्म ?

उद्धारकार्य सम्पन्न हुनु अगावै प्रेरणादायी इसाई चलचित्रहरू बनाउने अमेरिकी फिल्म निर्माता कम्पनी प्योर फ्लिकले आफ्ना निर्माताहरू त्यस क्षेत्रमा पुगेर उद्धारकर्ताहरूसँग आफ्नो सम्भावित फिल्मको लागि अन्तरवार्ता गरिराखेको बताएका थिए ।

तर लस एन्जलसको अर्को कम्पनी इभान्होई पिक्चर्सले भने आफूहरूलाई थाई सरकार र नौसेनाले फिल्म निर्माणका लागि औपचारिक रूपमा छानेको बताएका छन् । गुफामा फसेको समुहका सबै जनालाई अहिले उद्धार गरिएको छ र उनीहरू अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनीहरूका पीडा र उनीहरूलाई बाहिर निकाल्न तीन दिन निरन्तर चलाइएको कार्बाहीले विश्वको ध्यान तानेको थियो ।
दर्जनौं गोताखोर र सयौं अरू उद्धारकर्ताहरू परिचालन गरी अन्ततः उनीहरूलाई सकुशल बाहिर निकालिएको थियो । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७