बिरामी बचाउने नर्सले नै विष खुवाएर २० जनाको ज्यान लिएपछि…


२८ असार २०७५, बिहीबार
Ayumi Kuboki nurse 20180712100431

काठमाडौं, २८ असार । एउटी नर्स विरामीको सेवामा हरपलजसो खट्छिन् । नर्सको उपस्थितिले मात्र पनि विरामीमा रोगसँग लड्ने उर्जा मिल्छ । तर, यसी विरामीको स्याहार गर्ने नर्सले २० जनाको निमर्म रुपमा ज्यान लिइन् भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, यो यथार्थ हो ।Ayumi Kuboki nurse 20180712100431

जापानमा एक नर्सले विषयुक्त इन्जेक्सन लगाएर २० जना वृद्ध विरामीको ज्यान लिएकी छन् । आफ्नो सिफ्टमा विरामीको मृत्युलाई लिएर हुने सवाल–जबाफबाट जोगिन उनले यस्तो गरेकी हुन् । उनले यदि आफ्नो सिफ्टमा कुनै विरामीको मृत्यु नभए आफुले जिम्मेवारी लिनुनपर्ने भएकाले यस्तो कदम चालेकी हुन् ।

जापानी सञ्चारमाध्यमका अनुसार योकोहामाको ओगुची अस्पतालमा जुलाईदेखि सेप्टेम्बर २०१६ को समयमा ४८ जनाको ज्यान गएको थियो । सेप्टेम्बर २०१६ मा सोजो निशिकावा (८८) र नोबुओ यामकी (८८) को मृत्युपछि पोस्टमार्टमका क्रममा शरिरमा एकै किसिमको रसायन मिलेपछि प्रहरीमा उजुरी गरिएको थियो ।

यस मामिलामा सोधपुछका लागि नर्स अयुमी कुबोकी (३१) लाई हिरासतमा लिइएको थियो । उनले दुवै जनालाई विषयुक्त इन्जेक्सन दिएर ज्यान लिएको स्वीकारिन् । साथै उनले बयानमा यसै विधिबाट अन्य २० जना विरामीको पनि ज्यान लिएको पनि स्वीकारेकी छन् ।
उनले बिरामीलाई विष दिँदा पनि आफ्नो सिफ्ट समाप्त भएपछि मृत्यु हुने गरी दिने गरेकी थिइन् । अयुमीले पुलिसलाई बताए अनुसार वृद्ध विरामीहरुलाई ड्रिपमा बेन्जलकोनियम क्लोराइड नामक विषालु रसायन मिलाएर दिने गरेकी थिइन् ।

यसले विस्तारै विस्तारै मानिसको ज्यान जाने गर्थ्यो । उनी समय यसरी मिलाउँथिन् कि बिरामीको मृत्यु आफ्नो सिफ्ट सकिएपछि मृत्यु होस । निशिकावा और यामकीको मृत्युलाई डाक्टरले प्राकृतिक नै मानेका थिए । तर पोस्टमार्टमका क्रममा दुवैको शरिरमा रसायन मिलेको भेटियो । यसका अलावा ८९ वर्षका एक अन्य वृद्ध र ७८८ वर्षकी एक महिलाको शरिरमा पनि यही रसायन भेटिएको थियो । उनीहरुको मृत्यु पनि सेप्टेम्बर २०१६ मा भएको थियो ।

नर्सलाई शंकाको आधारमा हिरासतमा लिइएको थियो । जाँचका क्रममा नर्सोको पोशाक चेक गरिएको थियो । यसका अलावा खाना र पानी राख्ने भाँडो तथा सामान पनि जाँच गरिएको थियो । अर्कातिर ड्रिपमा सिरिन्ज लगाउने औँठाको छाप पनि जाँच गरिएपछि यो रहस्य खुलेको हो । त्यसपछि नर्सको सिफ्ट समय पनि हेरिएको थियो । शंकाको आधारमा पुलिस अयुमीसम्म पुग्यो र उनलाई हिरासतमा लिएको हो । अयुमी सन् २०१५ मा यस अस्पतालमा काम गरिरहेकी थिइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७