विश्वकप जित्न रसिया गएका इङल्याण्ड ७७ लाख दण्डित


२८ असार २०७५, बिहीबार
england players

काठमाडौं २८ असार । रसियामा जारी विश्वकपमा फिफाले इङल्यालाइ जरिवाना तिराउने निर्णय गरेको छ । फिफाको नियम विपारित इल्याण्डका खेलाडीले सामाग्री प्रयोग गरे बापत ७७ लाख अर्थात् ५३ हजार पाउन्ड जरिवाना तिराउने भएको छ ।

england players

इङल्याण्डका खेलाडीले सेमिफाइनलमा क्रोएसियासँगको खेलमा अनाधिकृत रूपमा अन्य कम्पनीको ट्याग भएको सामाग्री प्रयोजन गरेको भन्दै जरिवाना तोकेको हो । फिफाले एक विज्ञप्ति जारी गरी इंग्ल्याण्डका खेलाडीले खेलअघि र खेलका दौरान अनाधिकृत कमर्शियल ब्रान्डिङहरुको प्रयोग आफ्नो खेल सामाग्री प्रयोग गरेको पाइएपछि जरिवाना तोकेको उल्लेख गरेको छ ।

इङल्याण्डका खेलाडी डिलि अलि, इरिक डायर र रहिम स्टर्लिङ अन्य कम्पनीको सामाग्री प्रयोग गरेका हुन् । उनीहरूले फिफाले तोकेको नाइक कम्पनीको मोजा माथि अनाधिकृत रूपमा अन्य कम्पनीको मोजा प्रयोग गरेको थियो । इङल्याण्डका खेलाडीले क्वाटरफाइनलमा स्वीडेनसँग खेल्दा पनि फिफाले तोकेको भन्दा फरक कम्पनीको मोजा प्रयोग गरेका थिए ।

फिफाका मिडिया र मार्केटिङ नियम अनुसार खेलका दौरान अवधिभर फिफाले तोकेको कम्पनी भन्दा फरक कम्पनीको सामाग्री प्रयोग गर्न पाइँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७