गेसो सभापतिको प्रश्न, ‘सरकार अहिले नबोले कहिले बोल्ने ?’ {भिडियो}


२८ असार २०७५, बिहीबार
Gaeso News 43 1
????????????????????????????????????

काठमाडौं, २७ असार : गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले गोर्खाहरुबीच भएको एकता कहिल्यै नटुट्ने बताए । गोर्खाहरुको माग र मुद्दाको लागि एकता अनिवार्य भएको बताउदै त्यसलाई अक्षुण राख्ने बताए ।

बुधबार गेसोको २८ औ स्थापना दिवसमा बोल्दै उनले यदि कसैले एकता भाड्न खोजे त्यसको प्रतिरोध गर्ने बताए । केही मान्छेहरु एकता भाड्न लागेको तर्फ पनि उनले खबरदारी गरे । गोर्खाहरुका साना संगठन र मोर्चालाई एकीकृत गरेर आन्दोलन र अभियानलाई लैजाने आफ्नो संकल्प पुरा भएको भन्दै खुसी पनि व्यक्त गरे ।

यो पनि पढ्नुहोस्
गेसो, ह्वो एण्ड को र जोअना लुम्लीको सहकार्यले ऐतिहासिक उपलब्धी : डेबिट हो
गेसोले यसरी मनायो २८ औं स्थापना दिवस (फोटो फिचर)
गेसोले मनायो २८ औं स्थापना दिवस, एकतालाई अक्षुण राख्ने सभापतिको प्रतिबद्धता

सभापति राईले गेसोले अहिलेसम्म गरेका आन्दोलन र अभियान बारेमा संक्षिप्त जानकारी दिदै भबिष्यका कदम बारे बताए । उनले गोर्खाहरुको अधिकार प्राप्तीका लागि गेसोले निरन्तर संघर्ष गरेको संस्मरण गर्दै अझैं प्राप्ती बाँकी रहेको बताए ।

सभापति राईले आन्दोलनको बलमा अहिले त्रिपक्षीय प्राबिधिक समितिले प्रतिवदेन तयार पारेको जानकारी दिए । अब समितिले सिफारिस गरेका मुद्दाहरु सम्बोधनका निम्ती नेपाल सरकारले तत्काल वार्ता समिति गठन गर्नुपर्ने उनको भनाई छ । नेपाल सरकारले वार्ता समिति बनाउनका लागि तत्काल पहल गर्नुपर्ने उनको माग छ । उनले यो केवल गोर्खाहरुको मात्रै समस्या नभएर आम नेपालीहरुको समस्या भयो । उनले सोधे, ‘अब आफ्ना नागरिकको लागि नेपाल सरकार बोल्ने दिन आयो । अब पनि नबोले कहिले बोल्ने हो ?’

हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७