जिविहाङ राईको नयाँ गीत ‘मायाले संसार थामेन’ सार्वजनिक (भिडियोसहित)


२८ असार २०७५, बिहीबार
manoj rai and rojina rai

काठमाडौं, २८ असार । गायक तथा संगितकारको जिविहाङ राई नयाँ गीत सार्वजनिक गरेका छन् । मारुनी र पुर्वेली लयलाई समिश्रण गरि तयार पारिएको गीत बिहिबार युटुयुब मार्फत सार्वजनिक गरेका हुन् । manoj rai and rojina rai

देशको पूर्वी भागमा प्रचलित बोलिहरुलाई टिपेर लेखिएको गीतको रचना अन्नत खालिङ र सोनि सपना खालिङले लेखेका हुन् । गीतमा स्वरसँगै जीविहाङ राईले संगित पनि दिएका छन् । गायनमा उनलाई सुस्मा राईले साथ दिएकी छिन् ।

यस्तै राजधानीसँगै सोलुखुम्बु जिल्लाको विभिन्न भागमा भिडियोको छायाँकन गरी म्युजिक भिडियो तयारी पारिएको छ । भिडियो कलाकार तथा मोडलद्धय मनोज राई र रोजिना राईले फिचरिङ गरेका छन् ।

गाउँघरमा युवा युवतीबीच हुने प्रेम भावलाई प्रस्तुत गरिएको भिडियो निर्देशन पनि गायक तथा संगितकार राईले नै गरेको हुन् । भने छायाँकन खेम थापा मगरले गरेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७