कांग्रेस र बिवकेशिललाई बास्मतीको भात खुवाउने प्रसाईँको चाहना


२८ असार २०७५, बिहीबार
durga prashai

काठमाडौं २८ असार । बीएण्डसी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले नेपाली कांग्रेस र साझा बिवेकशिलबीच एकता भए बास्मती धानको भात खुवाउने बताएका छन् ।

durga prashai
बीएण्डसी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँ

बिहबार रिपोर्टस् क्लबमा प्रसाईँले कांग्रेस र बिवेकशिल एक भएर अगाडी बढे मार्सी चामलको नभएर बास्मती चामलको भात खुवाने बताएका हुन् । आफूले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी धानको भात खुवाएर पार्टी एकतामा कूटनीतिक भूमिका निर्वाह गरेको संकेत गर्दै प्रसाईले कांग्रेस र बिवेकशिल एक हुन चाहेमा बास्मती चामलको भात खुवाउन तयार रहेको बताएका हुन् ।

डा. गोविन्द केसी जुम्लामा अन्सन बस्न गएदेखि मार्सी चालको चर्चा भइरहेको छ । प्रसाईँले राजनीतिक अवसरको लागि ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएको नभै राजनीतिक स्थायित्वका लागि भूमिका निर्वाह गरेको बुझ्न आग्रह गरे ।

प्रसाईँले आफ्नो घरमा नेकपाका नेताहरूले मात्रै नभएर कांग्रेसका नेताहरूले पनि भात खाएको बताए । उनले भने, ‘मेरो घरमा विपी, गिरिजा देखि लिएर नरहरि आचार्य, विश्वप्रकाश शर्माले पनि खाना खानुभएको छ ।’ मुलुकमा स्थिर सरकार र राजनीतिक स्थायित्वको लागि मैले भूमिका खेलेको हुँ ।’

प्रसाईँले झापामा रहेको आफ्नो बीएण्डसी टिचिङ अस्पताल लुट्नको लागि नखोले बताए । उक्त अस्पतालले पूर्वका २९ लाख जनताको स्वास्थ्योपचार गरेर भारतको सिलिगुढी जानबाट रोकेको दाबी गरे ।

उनले जनताका लागि काम गर्दा पनि सुख नपाएको भन्दै आफू तीन वर्षदेखि अन्यायमा परेको बताए । ‘सुदूरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको छु । मैले कसैको पैसा लुटेको होइन ।’ उनले भने, ‘बिहान उठ्दा पत्रिका पढ्नसमेत डर लाग्छ, खाली माफिया, माफिया भनेका छन् । लेखेका छन् । गल्ती नै नगरेको व्यक्तिलाई माफिया भनेर भन्दा मन दुख्दो रहेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७