सिटिजन्स बैंकका कार्ड होल्डरले किष्ट अस्पतालमा छुट पाउने


२८ असार २०७५, बिहीबार
सिटिजन्स बैंकका कार्ड होल्डरले किष्ट अस्पतालमा छुट पाउने

काठमाडौं, २८ असार: सिटिजन्स बैंकका कार्ड होल्डरले इमाडोलस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गर्दा छुट पाउने भएका छन्।सिटिजन्स बैंकका कार्ड होल्डरले किष्ट अस्पतालमा छुट पाउने

बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापाले सेवा आदानप्रदान सम्झौतामा हस्ताक्षर गरे।

बैंकको डेबिट वा क्रेडिट कार्ड हुनेहरुले पाउने छुटबाट ग्राहक लाभान्वित हुने बैंकले दावी गरेको छ। बैंकका देशभर ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७