८० जना न्यायाधीशको पद जोखिममा


२९ असार २०७५, शुक्रबार
judge

काठमाडौं, २९ असार । उच्च अदालतका ८० जना न्यायाधीशको पद जोखिममा परेको छ । ती न्यायाधीशको नियुक्तीको निर्णय बदर गरी कानुनबमोजिम पुनःन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित दायर रिटउपर विहीबार सर्वोच्च अदालतले सुनुवाईका लागि संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्न आदेश दिएपछि उनीहरूको पद जोखिममा परेको हो ।  आजको नेपाल समाचारपत्रमा समाचार छ ।

सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले उक्त रिट विचाराधीन रहेकाले धेरै कुरा गर्न नमिल्ने बताउँदै पछि फैसला जस्तो पनि आउन सक्ने टिप्पणी गरे ।

ती न्यायाधीशहरूको नियुक्ति बदर हुनसक्ने र हुन नसक्ने दुवै सम्भावना रहेको तर्क गर्दै भने, ‘यथास्थितिमा रहेको यो मूद्दाको हार जीत जे पनि हुन सक्छ, यसअर्थमा उहाँहरूको पद संकटमा पर्न पनि सक्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७