प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्ब


२९ असार २०७५, शुक्रबार
prachanda 2

चितवन, २९ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन– ३ मा डेढ अर्ब रुपैयाँबराबरको दुई आयोजना निर्माणका लागि सम्झौता भएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य आयोजनाका लागि सम्झौता भएको हो । अाजकाे नयाँ  पत्रिका दैनिकमा खबर छ ।prachanda 2

ढल निर्माण कार्यअन्तर्गत भरतपुर महानगरपालिकामा रिङरोड बनाइने भएको छ । प्याकेज १ को सम्झौता गत १५ असार र प्याकेज २ को सम्झौता २६ असारमा भएको हो । दुवै प्याकेजको काम ०७७ असार मसान्तसम्म सक्ने सम्झौतामा उल्लेख छ ।

आयोजनाको शुक्रबार चितवन– ३ का सांसद प्रचण्डले भरतपुर– २२ पटिहानीमा शिलान्यास गर्ने कार्यक्रम छ । आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि यो एउटा उपलब्धि रहेको प्रचण्डले बताए । उनले यस्ता थुप्रै आयोजना निर्वाचनका वेला आफूले प्रतिबद्धता जनाएकाले क्रमिक रूपमा पूरा गर्दै जानेसमेत बताए ।

सरकारको सहरी विकास कोषको बजेट र वैदेशिक ऋणबाट सडक, ढल निर्माण गर्न लागिएको आयोजनाको कार्यान्वयन निकाय सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर कुमार घिमिरेले जानकारी दिए । भरतपुर महानगरबाट स्वीकृत यस आयोजना बहुप्रतीक्षित मानिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७