सिन्धुपाल्चोक जीप दुर्घटना ५ को मृत्यु ,१० घाइते


२९ असार २०७५, शुक्रबार
accident

सिन्धुपाल्चोक, २९ असार । पाँचपोखरी थाङपाल गाँउपालिकाको फ्याफुल्ला डाँडामा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । घटनामा १० जना घाइते छन् ।accident

बिहीबार बेलुकी मेलम्चीबाट भोताङतर्फ जाँदै गरेको लु१च ९९९ नम्बरको जीप थाङपालकोट र थाङपालधापको सीमानामा पर्ने फ्याफुल्ला डाँडामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा भोताङका स्थानीय ७५ वर्षीया भीमबहादुर तामाङ, ५५ वर्षका जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङको घटनास्थलमै मृत्यु भएको थियो। भोताङकै ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७