मकवानपुरमा तामझामका साथ मनोनयन दर्ता


१७ कार्तिक २०७४, शुक्रबार
Makawanpur district

हेटौँडा : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मकवानपुरमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले तामझामका साथ उम्मेदवारी दर्ता गराएका छन् ।

Makawanpur district

बिहानसम्म राप्रपासँग गठबन्धनको विरोध गरिरहेको नेपाली काँग्रेसले अपराह्न संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएको छ । लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि मकवानपुर क्षेत्र नं १ मा कमल थापा र २ मा महालक्ष्मी उपाध्याय (डिना) को उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभातर्फ क्षेत्र नं १ कमा धर्म लामिछाने र खमा अशोक शाक्य तथा २ कमा यनिराज सापकोटा र खमा इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा कृष्णप्रसाद दाहाल र २ मा विरोध खतिवडा रहेका छन् । प्रदेशसभातर्फ क्षेत्र नं १ (क) मा प्रेमबहादुर पुलामी र (ख) मा डोरमणि पौडेल तथा २ कमा कुमारी मोक्तान र खमा राजाराम स्याङ्तानको उम्मेदवारी परेको छ ।

त्यसैगरी संघीय समाजवादी फोरम नेपाल नयाँ शक्ति पार्टी, विवेकशील साझालगायत स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७