युनिता विश्वका ५० सुन्दरीसँग भिड्दै


२९ असार २०७५, शुक्रबार
unita8327

काठमाडौं, २९ असार । दुबईको वर्गस्थित अरेबिया पार्क होटेलमा जुमिङ इभेन्टद्धारा आयोजित ‘मिस वल्र्ड डाइभर्सिटी’ मा नेपालको तर्फबाट युनिता खत्री सहभागी छिन् । प्रतियोगितामा विश्वका ५० राष्ट्रका सुन्दरीले सहभागिता जनाउँदै छन् । यो प्रतियोगिता दोस्रो संस्करण हो । unita8327

युनिता यसअघि ‘मिस ई–कलेज’ मा सेकेण्ड रनरअप भएकी थिइन् । उनलाई यही मञ्चबाट ‘मिस वल्र्ड डाइभर्सिटी’ का लागि चुनिएकी हुन् । अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिलो पटक प्रतिभा देखाउने अवसरले पाएकी उनले भनिन्, ‘यदि मिस वल्र्ड डाइभर्सिटीको ताज पाएँ भने खुशी हुनेछु र सायद रुन्छु पनि होला किनकी आँशु, सुख र दुःखको साथी हो ।’

‘मिस वल्र्ड डाइभर्सिटी’ मा उत्कृष्ट प्रदर्शनका लागि जुमिङ इभेन्टले युनिताको छनोटपछि प्रतिभामा निखार ल्याउन विभिन्न प्रयोगात्मक प्रशिक्षण समेत उपलब्ध गराउँदै आएको छ । सुन्दरी युनिकाको व्युटि प्याजेन्टमा सहभागी हुने बाल्यकालदेखिको सपना हो ।
यस इभेन्टमा संस्कृति, प्रतिभा, (वाम वाक समेत गरी विभिन्न चार शीर्षकमा प्रतियोगिता हुनेछ । उनी भन्छिन्, ‘प्रतिष्पर्धामा जीत र हार त छँदैछ अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न पाउनु नै सौभाग्यको कुरा हो ।’

फेसन उद्योगमा युनिताको तीन वर्षे यात्रा एसएलसी परीक्षा सकिएपछि शुरु गरेकी हुन् । युनिग्लोब कलेजमा सूचना प्रविधि संकायको प्रवीणता प्रमाण पत्रतहमा अध्ययनरत उनी सफ्टवेयर प्रोग्रामिङमा विशेष अभिरुचि राख्छिन् । ‘मिस नेपाल’ माल्भिका सुब्बालाई उनी प्रेरणा मान्छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७